२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहट पुगेका माधव नेपाल बुद्ध एयरबाट काठमाडौं फर्किंदै



फोटो फिचर
अ+ अ-

काठमाडौँ । पार्टी कामको लागि रौतहट पुगेका माधव नेपाल बुद्ध एयरबाट काठमाडौं फर्किंदै छन् ।

नेपालले काठमाडौँ फर्कन सिमरा विमानस्थलबाट बुद्ध एयरको विमान चढेका हुन् ।

बिहिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता गरेको आरोपमा नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

माधव नेपालले भने आफुले भ्रष्टाचार नगरेको र कसैलाई पनि भ्रष्टाचार गर्न आदेश दिने काम नगरेको बताएका छन् ।

मुद्दा दायर भएपछि उनी कार्यक्रम छोट्याएर काठमाडौं फर्किन लागेका हुन् ।