२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविको मुद्दामा संलग्न कानुन व्यवसायीको उपस्थितिमा रास्वपाको ‘केस ब्रिफिङ’



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको मुद्दामा संलग्न कानुन व्यवसायीको उपस्थितिमा ‘केस ब्रिफिङ’ गरेको छ ।

पार्टी कार्यालय वनस्थलीमा हिजो आयोजित कार्यक्रममा रास्वपाले सभापति लामिछानेको मुद्दामा केस ब्रिफिङ गरेको हो । केस ब्रिफिङमा वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, रमण श्रेष्ठ, मेघराज पोखरेल, सुरेन्द्र थापासहित अधिवक्ताहरू दीपेन्द्र झा, नारायणदत्त कँडेल, राजेन्द्र सेढाईं, सुदीज्ञ पन्त, सञ्जल गोलेलगायत थिए ।

अधिवक्ता सुदीज्ञ पन्तले सभापित लामिछानेलाई लगाइएका अभियोगबारे समष्टिगत विवरण पेस गरेका थिए । त्यसमा अधिवक्ताहरूले ब्रिफिङ गरेका थिए ।

वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले लामिछानेलाई संसदीय छानबिन विशेष समितिको प्रतिवेदनको निष्कर्षविपरीत मुद्दा लगाइएको बताए ।

यस्तै अर्का वरिष्ठ अधिवक्ता सुरेन्द्र थापाले मुद्दा लगाइएका सहकारीमा लामिछाने सुरुदेखि नै सम्बद्ध रहेर ठगी गरे भन्ने भाष्य स्थापित गराउन खोजिएको बताए ।