२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलमाथि सिटीको चार गोल



अ+ अ-

म्यानचेस्टर । म्यानचेस्टर सिटीले बिहीबार सुरुमा लिग च्याम्पियन बनेको लिभरपुललाई मीठो आतिथ्य प्रदान गर्‍यो र त्यसपछि इतिहाड स्टेडियममा ४–० को नमिठो हार पनि चखायो । एक साताभन्दा कम समय अगाडि मात्र इंग्लिस प्रिमियर लिग जितेको योर्गन क्लोपको लिभरपुलले सिटीविरुद्ध कुनै पनि प्रकारको ठोस खेल प्रदर्शन गर्न सकेन । 

यो सिजनको लिगमा लिभरपुलको यो दोस्रो हार मात्र हो, तर यसले अर्को सिजन उसलाई लिग उपाधि रक्षा गर्नका लागि सिटीसँगै कडा संघर्ष गर्नु पर्ने स्पष्ट पारेको छ । क्लोपले भने हारमा आफ्ना खेलाडीको प्रदर्शनको रक्षा गर्दै यो खेललाई कुनै पनि अर्थमा हल्का नलिएको पनि बताएका छन् । उनको भनाइ थियो, 'सिटी निकै बलियो टिम हो ।'

सिटीका लागि केभिन डे ब्रुन, रहिम स्टर्लिङ र फिल फोडेनले गरे । चौथो गोल एलेक्स ओक्सलेड च्याम्बरलिनको आत्मघाती गोल रह्यो । बिहीबारकै अर्को खेलमा सेफिल्ड युनाइटेडले टोटनहमलाई घरमा ३–१ ले हरायो र अर्को सिजन युरोपमा खेल्ने सम्भावनालाई कायम राख्न सफल रह्यो ।