२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्मीमा आइक्रिमसँग रमाउँदै तुलसालय आश्रमका बालबालिका



अ+ अ-

काठमाडौँ: गर्मी सिजन आइक्रिम खाने मन त सबैलाई हुन्छ नै । तर मन भएर मात्र पनि कहाँ पुग्छ र अनाथ आश्रमका बालबालिकालाई । तर, जसोतसो ती बालबालिकाको मन मार्न भने दिन्नन् सरु आमा ।

ललितपुरको नख्खुमा सञ्चालित तुलसालय आश्रमकी सञ्चालिका सरु सुवेदी (सरु आमा) भन्छिन्‐ सबै सधैँ पुर्याउन त सकेकी छैन, तर पनि सहयोगी मनहरु र भगवानको कृपाले आश्रमका छोराछोरीलाई कुनै पनि कुरामा मन मार्न दिएकी छैन । शनिबार दिउँसो ३ बजेतिर हामी अकस्मात पुग्दा आश्रमका बालबालिका आइक्रिम खाँदै रमाउँदै थिए ।

एकजना सहयोगीले शनिबार बिहानको खाना र त्यो आइक्रिम सहयोग गरेका रहेछन् । को हुनुहुन्छ त उहाँ सहयोग गर्ने ? सरु आमा भन्छिन्‐ उहाँले नाम सार्वजनिक नगर्नु भन्नुहुन्छ । तर समयम समयमा बालबालिकालाई खाना तथा अरु यस्तै खान मन लागेको कुरा खुवाउनु भनेर अनलाइनबाटै पैसा पठाइदिनुहुन्छ । आज उहाँले आइसक्रिम खुवाइदिने भन्नुभएको थियो र किनेर ल्याएको हौँ ।

हाल आश्रममा छ महिनाकी शिशुदेखि १६ बर्षसम्मका ४१ बालबालिका र १० जना बाआमा छन् । यस्तै सहयोगी मनहरुको सहयोगबाट सो आश्रम चलिरहेको सरुको भनाई छ ।




भर्खरै