२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीलाई विमलेन्द्र निधीको आग्रहः संसदीय प्रणालीमा आइसक्नुभयो, नियमानुसार सभा चल्न दिनुस्



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले संसदीय प्रणालीको नियमअनुसार संसद सञ्चालन गर्न दिन प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सँग आग्रह गर्नुभएको छ ।

आईतवार भक्तपुरमा शहीद राधेश्याम जोन्छेको १३ औं पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले माओवादीकै हातमा संसद चल्न दिने वा नदिने भन्नेकुरा निर्भर रहेको बताउनु भयो । संसदीय प्रणालीमा आइसकेपछि संसदीय प्रणालीको नियमअनुसार संसद सञ्चालन गर्न दिन आग्रह गर्नुभयो । उहाँले भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको र छानविन भइरहेको बेलामा राजीनामा माग गरेर संसद अवरुद्ध गराउनु राम्रो कुरा नभएको बताउनु भयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेमाथिको जस्तो मुद्दा नरहेको र वर्तमान गृहमन्त्री रमेश लेखकमाथि कुनै आरोप समेत नलागेको बताउनु भयो ।

सांसद निधीले भन्नुभयो, ‘संसद अहिले अवरुद्ध छ । प्रतिपक्षीले अवरोध गरिरहेको छ । अब यो घडीमा आएर माओवादीकै हातमा संसद चल्न दिने वा नदिने भन्ने रहेको छ । म के अपिल गर्न चाहन्छु, राधेश्यामजीको निरर्थक हत्या भयो । १० वर्षपछि निधन भएपनि । संसदलाई माओवादीकै तर्फबाट अवरोध गर्ने काम गर्नु भएन भनेर म माोवादीसँग आग्रह गर्न चाहन्छु । यहाँ छानविन हुँदैछ । अख्तियारले छानविन गरिरहेकै छ यो भिजिट भिसाको बारेमा । रास्वपाका नेताको जस्तो विषय होइन यो । रास्वपाको नेतालाई त छानविन गर्दै गर्दा अनुसन्धान गर्दैगर्दा बोलेकै थियो । रवि लामिछानेको घटनामा तपाईंमाथि यस्तो भनिएको छ, तपाईं किन बोल्नुहुन्न भन्ने तर्क तपाईंको यसमा लागू हुँदैन । तर्क नै छैन । छानविन भइरहेको बेलामा राजीनामा माग गरेर संसद अवरुद्ध गराउनु राम्रो कुरा होइन । माओवादी नेताहरुलाई म आग्रह गर्दछु, समाचारमा आइरहेको छ, लचक भइरहेको छ रे, कुन चाहीँ लचक हो थाहा छैन । अब प्रतिनिधि सभा संसदीय प्रणालीमा तपाईंहरु आइसक्नुभएको छ । संसदीय प्रणालीको लअनुसार त्यसलाई सञ्चालन गर्ने कुरामा सहयोग गर्नुपर्छ ।’

उहाँले राजा फर्काउने कुरा निरर्थक रहेको बताउनु भयो । नेपाली जनताले पटक पटक राजालाई साथ दिएको भन्दै जति साथ दिएपनि त्यसको बदलामा जनताको अधिकार खोसेर धोका दिनुभएको बताउनु भयो । नेपालमा राजतन्त्र नचाहिने भन्दै राजतन्त्र फर्किन नदिने बताउनु भयो ।—




भर्खरै