२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लस एन्जलसमा आप्रवासन छापा मारेपछि विरोध प्रदर्शन



अ+ अ-

एजेन्सी । संयुक्त राज्य आप्रवासन र भन्सार प्रवर्तन (आईसीई) एजेन्टहरूले लस एन्जलसमा विभिन्न स्थानमा छापा मारेका छन् । जसले डाउनटाउनमा व्यापक विरोध प्रदर्शन निम्त्याएको छ ।

दक्षिणी क्यालिफोर्निया र राष्ट्रभर आप्रवासन कारबाही जारी रहँदा कम्तीमा ४४ व्यक्तिलाई हिरासतमा लिएको छ । जसले दोस्रो ठूलो अमेरिकी शहरमा व्यापक विरोध, झडप र अराजकता उत्पन्न गरेको छ । शुक्रवार मध्यान्हमा फ्याशन डिस्ट्रिक्टको एक कपडा पसलमा धेरै कामदारहरूलाई हतकडी लगाएर हिरासतमा लिइएको बेला करिव एक सय प्रदर्शनकारीहरू आप्रवासन एजेन्टहरूसँग आमनेसामने भएका थिए । सर्भिस इम्प्लोइज इन्टरनेशनल युनियन क्यालिफोर्नियाले एक वक्तव्य जारी गर्दै युनियनका अध्यक्ष डेभिड ह्वेर्टा छापाको क्रममा घाइते र हिरासतमा लिइएको बताएको छ ।

एस्सायलीले फ्याशन डिस्ट्रिक्टमा नक्कली कर्मचारी कागजातको आरोपमा खानतलासी वारेन्ट कार्यान्वयन गरिएको र एक रोजगारदाताले आफ्ना केही कामदारहरूका लागि नक्कली कागजात प्रयोग गरेको विश्वास गर्नुको कारण रहेको पनि बताए । करिव ५ सय मानिसहरू लस एन्जलसको डाउनटाउनमा छापाको विरोध गर्न भेला भए । ठूलो भीडले आईसीई लस एन्जलसबाट बाहिर भन्दै नारा लगाउँदै र प्लेकार्ड बोकेर क्षेत्रमा हिँडेका थिए ।

घटनास्थलका भिडियोहरूले प्रदर्शनकारीहरू प्रहरीसँग झडप भएको देखाएको छ । जहाँ अश्रु ग्यास प्रयोग गरिएको थियो । लस एन्जलस प्रहरी विभाग (एलएपीडी) का प्रमुख जिम म्याकडोनेलले शुक्रवार एक वक्तव्य जारी गर्दै एलएपीडी दिनको समयमा नागरिक आप्रवासन प्रवर्तनमा संलग्न नभएको बताएका छन् । स्थानीय समुदाय संगठनहरूले पत्रकार सम्मेलन आयोजना गरी छापाको निन्दा गरेका छन् ।