२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कबितामा पशुपतिको महिमा



अ+ अ-

समस्त यो ब्रम्हाण्डका सृष्टि स्थिति संहारका
प्र‌णेता हे जगत्पते पशुपति नेपालका
कल्याण होस् सदा प्रभु स्वदेश यो नेपालको
नेपाल देशवासीको सबै हजुरका  भक्तको ॥

हजूरको निवास छ सुन्दर कीनार  वाग्मती
शिवपुरी वनैबाट उद्गम नदी पयस्विनी
बहन्छिन्  जो  वाग्द्वारबाट चोभार भञ्ज्याङसम्मकै
उपत्यकालाई सिँचदै सब जनकी पापहारिणी ॥

पूर्व दिशामा संस्थित अरण्य श्लेष्मान्तक छन्
मृगस्थली वन जहाँ श्रीगोरखनाथ बस्दछन्
त्यहिँ निकट स्थलमा श्री विश्वरुप निवास छ
अझै केही सुपूर्वमा श्री गुह्येश्वरी  मन्दिर छ॥

प्रभुको आग्नेय कोणमा श्री कीर्तिमुखभैरव
वाग्मतीपारीतटमा श्रीरामसीता मन्दिर
दक्षिण दिशामा चौँसट्ठी शिवलिङ्ग अवस्थिती
अझै सुदूर दक्षिण भस्मेश्वरघाट आरती ॥

नैऋत्य कोण विद्यमान भगवती भुवनेश्वरी
वनकाली गौशाला तथा भ‌ण्डारखाल  बागेश्वरी
पश्चिम दिशातिर स्थित नगरी देवपत्तन 
आचार्य शङ्कर पीठ र दक्षिणामूर्ति मन्दिर ॥

वायव्य कोणतर्फ छन् सुन्दर कैलाश पर्वत
पवित्र उमाकुण्डका साथै मनोहर वन
उत्तर दिशातिरै पनि उनै कैलाश पर्वत 
संपूर्ण सिद्ध आउने पावन पर्वत स्थल ॥

ईशान कोणतर्फ नै प्रसिद्ध गौरीघाट छन्
संपूर्ण तीर्थयात्री जन जहाँ सभक्ति स्नान गर्दछन्
पारी पर्वत शिखरमा किराँतेश्वर निवास छ
अखण्ड भक्ति साधना जहाँ सदा विहीत छ ॥

प्राचीन कालदेखि नै पवित्र पुण्य धाम हो
जन जनको आस्था केन्द्र जो नेपाली कै धरोहर हो
समस्त पृथ्वी भरीका संपूर्ण हिन्दुधर्मीको
विश्वासको जो  केन्द्र हो पशुपतिको धाम हो ॥