२५ असार २०८३, बिहीबार
,
Latest
लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ तीन सय आठ केजी गाँजा बरामद अमेरिकाले जर्मनीलाई टोमाहक मिसाइल बिक्री गर्ने महर्जन दक्षिण कोरिया प्रस्थान सरकारका खुट्टा भुइँमा छैनन्, यो उम्लिएको दुध होः अध्यक्ष ओली दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोश्रो मिस्टर एन्ड मिस जुनियर एन्ड सीनियर आइडलको ग्राण्ड फिनाले भव्य रूपमा सम्पन्न



अ+ अ-

काठमाडौँ। स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा नितु श्रेष्ठको अध्यक्षतामा “दोश्रो मिस्टर एन्ड मिस जुनियर एन्ड सीनियर आइडल” को ग्राण्ड फिनाले शुक्रबार म्युजिक सिटी, बालकुमारीमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा अनसरी घर्ती मगरले उपस्थिति जनाएकी थिइन् भने प्रतियोगिताको प्रमुख निर्णायकको भूमिकामा किरण केशी रहेका थिए।

प्रतियोगितामा मिस्टर जुनियर उपाधि प्रभाव राईले जित्दा, मिस जुनियर को उपाधि कृषा हुमागाईले हात पारिन्। त्यस्तै, मिस सीनियरको ताज स्वीकृति पुनको शिरमा सजिएको छ।

स्पर्धामा सहभागी प्रतियोगीहरूले विभिन्न कला, प्रस्तुति र व्यक्तित्वका आधारमा मुल्याङ्कन गरिएका थिए। आयोजक संस्था स्पार्कल इन्टरटेन्मेन्टले कार्यक्रमको सफल आयोजना गर्दै नयाँ प्रतिभाहरूको पहिचान र प्रोत्साहन गर्ने उद्देश्य राखेको जनाइएको छ।

यस प्रतियोगिताले नयाँ पुस्ताका बालबालिका तथा युवतीहरूमा आत्मविश्वास, प्रस्तुति कला र नेतृत्व क्षमताको विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।