२५ असार २०८३, बिहीबार
,
Latest
लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ तीन सय आठ केजी गाँजा बरामद अमेरिकाले जर्मनीलाई टोमाहक मिसाइल बिक्री गर्ने महर्जन दक्षिण कोरिया प्रस्थान सरकारका खुट्टा भुइँमा छैनन्, यो उम्लिएको दुध होः अध्यक्ष ओली दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु



अ+ अ-

ढाका। बङ्गलादेशको दक्षिण–पूर्वी दुई जिल्लामा बुधबार राति र बिहीबार बिहान परेको वर्षाका कारण गएको पहिरोमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ र धेरै घरहरूमा क्षति पुगेको छ ।

बुधबार राति र बिहीबार बिहान बन्दरबान जिल्लामा दुई भूस्खलनका घटनामा मात्र पाँच जनाको ज्यान गएको छ। ढाकाबाट करिब ३१६ किलोमिटर टाढा रहेको उक्त जिल्लामा पहिरो घरमाथि खस्दा घरहरू पुरिएका वा भत्केका एक स्थानीय अधिकारीले (नाम नखुलाउने शर्तमा) बताए ।

यसबाहेक, ढाकाबाट ४०० किलोमिटर दक्षिण–पूर्वमा रहेको कोक्स बजार जिल्लामा बुधबार रातिको पहिरोमा पुरिएका दुई बालबालिकाको शव फेला परेको छ ।

बङ्गलादेशको पहाडी क्षेत्रमा जुनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुनको समयमा बारम्बार पहिरो जाने, बाढीले घरहरू बगाउने वा वस्तीहरू डुबानमा पर्ने गर्छन् । बङ्गलादेशमा वन क्षेत्रको व्यापक कटानी, कृषि सडकको नाममा गम्भीर अनुसन्धानविना हुने कच्ची सडकको निर्माण र अव्यवस्थित घर निर्माणले प्राकृतिक विपत्ति आउँदा धेरै जनधनको क्षति हुने समस्या बढेको छ । (रासस/सिन्ह्वा)