२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिणी क्यालिफोर्नियामा वार्षिक चङ्गा महोत्सव आयोजना



अ+ अ-

लस एन्जेलस । लस एन्जेलसको रेडोन्डो बिच पियरमा आइतवार हजारौं मानिसहरू चङ्गाको ४८ औं वार्षिक उत्सवको लागि भेला भएका थिए । चरा, चील, निगल, राजकुमारी र अन्तरिक्ष रोबोटहरूसहित विभिन्न आकारका सयौं चङ्गाहरू आकाशमा उडिरहेका थिए । उत्कृष्ट हातले बनाएको चङ्गा, सबैभन्दा बढी उड्ने चङ्गा र कान्छो व्यक्तिले उडाएको चङ्गालाई पुरस्कार प्रदान गरिएको थियो ।

संयुक्त राज्य अमेरिकामा सबैभन्दा लामो समयसम्म चल्ने काइट फेस्टिभल मध्येको एक वार्षिक उत्सवमा प्रत्यक्ष सङ्गीत, स्थानीय नृत्य र मार्शल आर्ट डेमोहरू पनि रहेका थिए । टोरेन्समा बस्ने स्थानीय बासिन्दा क्याथी स्मिथले चिनियाँ एनिमेटेड टेलिभिजन शृंखला “प्लेजन्ट गोट एन्ड बिग बिग वुल्फ“ मा एक पात्रको रूपमा बाख्राको आकारको चंगा उडाइन्, जुन सन् २००५ मा डेब्यु गरेपछि चिनियाँ बालबालिकामा निकै लोकप्रिय भएको थियो ।

चङ्गा महोत्सवले वसन्तको सुरुवातको प्रतीक भएको स्मिथले सिन्ह्वालाई भनिन्, वार्षिक कार्यक्रममा भाग लिनु उनको यो तेस्रो पटक हो । (रासस/सिन्ह्वा)