२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शोकमा साथ दिँदै सुन्दरबजार नगरपालिका



अ+ अ-

सुन्दरबजार । स्थानीय सरकारको सामाजिक उत्तरदायित्व अन्तर्गत यहाँको सुन्दरबजार नगरपालिकाले सञ्चालन गरेको मलामीसहितको शववाहन सेवा प्रभावकारी बनेको छ ।

पालिकाले विसं २०७९ साउन १ गतेदेखि कार्यविधि बनाएर सुरु गरेको यस अभियान अन्तर्गत हालसम्म १३५ जनाले सुविधा लिएका छन् । नगरभित्र कसैको मृत्यु भएपश्चात सम्बन्धित वडा अध्यक्षमार्फत नगरपालिकामा खबर गरिएपछी मलामीसहितको शववाहन उक्त घरमा पु¥याउने गरिएको छ । संस्कार गरिसकेपछि पुनःमलामीलाई घर छाडेर फर्कने व्यवस्था गरिएको छ । यो सेवा मृतकको अन्त्येष्टि प्रक्रियालाई व्यवस्थित, सहज र सम्मानजनक बनाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले सेवा थप व्यवस्थित बनाइएको जानकारी दिँदै शववाहनमा मलामीका लागि बसलगायत आवश्यक सामग्री उपलब्ध गराउँदै आएको बताउनुभयो । यस सेवाले शोकमा परेका परिवारलाई केही राहत मिलेको प्रमुख प्रशासकीय अधिकृत घर्तीको भनाइ छ ।

नगर प्रमुख कृष्णप्रसाद कोईरालाले सामाजिक उत्तरदायित्वको भावनाले यस कार्यक्रम सुरु गरिएको बताउनुभयो । मृतकप्रति सम्मान र परिवारप्रति सहानुभूति व्यक्त गर्न मलामीसहितको शववाहन सेवा सुरु गरेको उहाँको भनाइ छ ।

नगरपालिकाले आगामी दिनमा सेवा अझ प्रभावकारी र पहुँचमैत्री बनाउन तयारी गरिरहेको जनाएको छ ।