२५ असार २०८३, बिहीबार
,
Latest
नेप्से परिसूचक १९ अङ्कले घट्यो आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने आत्मदाह प्रयास गर्ने युवकको अवस्था गम्भीर, वीर अस्पतालको आईसीयूमा सार्ने तयारी संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित नेकपाका ६ नेता एमालेमा प्रवेश राहदानी विभागअगाडि एक व्यक्तिको आत्मदाह प्रयास, उपचारका लागि अस्पताल भर्ना कारागार तथा हिरासतमा कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि १५ दिन…
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोखामा गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लियो



अ+ अ-

काठमाडौँ । काठमाडौँको टोखामा गोली चलेको छ ।

टोखास्थित ग्राण्डी अस्पताल नजिकै प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको हो ।

गोली चल्दा दुई जना प्रहरी पनि घाइते भएका छन् । घाइते हुने प्रहरीमा रवीन्द्र केसी र नवराज घिसिङ रहेका छन् ।

प्रहरी इन्स्पेक्टर राकेश यादवको टोलीले गोली चलाएर दुई जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ ।