२४ असार २०८३, बुधबार
,
Latest
एक महिनामा ७६ हजार भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै बञ्जीजम्पप्रति भारतीय पर्यटकको आकर्षण बढ्दो प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग कैलालीमा बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा सरकारले दृष्टिविहिन नागरिकको लागि तत्काल रोजगारीको प्रवन्ध गर्नुपर्दछः हर्कराज राई किसानको अनुभव र आधुनिक ज्ञानलाई मिलाएर कृषि क्षेत्रमा नयाँ इनोभेसन विकास गर्नुपर्छः का.मु. कार्यकारी निर्देशक… सभामुखको निर्देशनपछि सांसद राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइने अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गम क्षेत्रमा शिविरमार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन



अ+ अ-

भोजपुर । भौगोलिक रूपमा विगट रहेका साल्पासिलिछो गाउँपालिकाका दुई वडामा घुम्ती शिविरमार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरिएको छ ।

इलाका प्रशासन कार्यालय दिङ्लाले दुर्गम क्षेत्रका नागरिकलाई सहज सेवा दिन सामाजिक सुरक्षा भक्ता लिँदै आएका वृद्धवृद्धा तथा अशक्त नागरिकलाई लक्षित गरेर घुम्ती शिविरमार्फत विवरण सङ्कलन गरेको हो ।

साल्पासिलिछोको दुर्गम क्षेत्र वडा नं ५ र ६ दाभानेका ३५५ जनाको वितरण सङ्कलन गरिएको इलाका प्रशासन कार्यालय दिङ्लाका प्रमुख विनोद अधिकारीले जानकारी दिनुभयो । यही जेठ २३ गतेदेखि चार दिनसम्म शिविर सञ्चालन गरेर विवरण सङ्कलन गरिएको उहाँको भनाइ छ ।

“घुम्ती शविरिमार्फत दुर्गम क्षेत्र दोभानेका नागरिकको राष्ट्रिय परिचयपत्रको वितरण सङ्कलन गरेका छौँ,” प्रमुख अधिकारीले भन्नुभयो, “यो क्षेत्र भौगोलिक रूपमा निकै विकट रहेकाले शिविरमार्फत घरदैलोमै पुगेर सेवा प्रदान गरेका हौँ, यसले ज्येष्ठ नागरिक र अशक्त नागरिकलाई ठूलो राहत पुगेको छ ।” रासस