२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत सङ्खुवासभाबाट सुत्केरीको उद्धार



file photo
अ+ अ-

सङ्खुवासभा। सङ्खुवासभाको खाँदबारीबाट अत्यधिक रक्तस्रावबाट पीडित भएकी सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उहाँको उद्धार गरिएको हो ।

अत्यधिक रक्तस्राव भई खाँदबारी नगरपालिका–४ की ३८ वर्षीया अनिता श्रेष्ठको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला अस्पतालका मेडिकल अधिकृत प्रदीप श्रीवाल जानकारी दिनुभयो ।

सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला लामो व्यथा लागि शिशु जन्माउन कठिनाइ भएका, गर्भमा नै शिशुको मुत्यु भएमा र सुत्केरीपश्चात् अत्यधिक रक्तस्राव भएमा निःशुल्क हवाई उद्धार गर्दै आएको छ ।

जिल्ला अस्पतालमा जेठ २२ गते भर्ना हुनुभएकी सुत्केरी श्रेष्ठलाई आज बिहानदेखि अत्यधिक रक्तस्राव भएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत थापाथली प्रसूति गृह काठमाडौँ पठाइएको मेडिकल अधिकृत श्रीवालले बताउनुभयो । जिल्लामा चालु आर्थिक वर्षमा नौ जना गर्भवती, प्रसूति, सुत्केरी तथा नवजात शिशुहरूलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हवाई उद्धार गरिएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सञ्चालन भएयता हालसम्म करिब ३८ जना बढीको उद्धार गरिसकिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धारबाट धेरै महिलाको ज्यान जोगिएको छ ।

भौगोलिक विकटताका कारण नजिकमा बर्थिङ सेन्टर र स्वास्थ्यचौकीमा शल्यक्रियासहितको प्रसूति सेवा पर्याप्त छैन । विशेषज्ञ चिकित्सक र पर्याप्त पूर्वाधारको अभावका कारण दूर्गममा भरपर्दाे प्रसूति सेवा छैन । यही कारण जिल्लामा गम्भीर अवस्थाका गर्भवती तथा सुत्केरीको उपचार हुँदैन । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएकाहश १७ वर्षदेखि ३६ वर्ष उमेर समूहका छन् । रासस