२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारिता परपीडक नभई सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने छ: प्रधानमन्त्री ओली



अ+ अ-

ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारिताले परपीडक नभई सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने बताउनुभएको छ ।

रातोपाटी डटकमले १२ ओैं वार्षिकोत्सवको अवसरमा आज आयोजना गरेको  समारोहमा प्रधानमन्त्री ओलीले विश्लेषणात्मक चेतले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्ने भएकाले सत्यलाई अँगाल्न आग्रह गर्नुभएको हो ।

“झुटमुटमा क्रिटिकल हुनु पर्दैन, निष्पक्ष हुँदा पुग्छ, अलोचनात्मक चेत मात्रैले राम्रोमा पनि खराब देख्छ, एउटालाई राम्रो देखाउन अर्कोलाई गाली गर्छ, अवान्छित आरोपबाट रातोपाटी बचेको छ मान्छे मन परेन भने पनि आफ्‌ना लागि सत्य कुरा लेख्नुपर्छ । आफ्‌ना लागि सत्य बङ्ग्‌याइहाल्नुपर्ने खालको प्रवृत्ति हुनु हुँदैन ।” प्रधानमन्त्री ओलीले भन्नुभयो।

उहाँले हरेक क्षेत्रमा समाज, विश्व र सम्बन्धमा तीव्र गतिका साथ परिवर्तन भएका बेला लगातारको मित्रता राखेर रातोपाटी अघि बढ्न सकेकामा प्रशंसा गर्नुभयो । रातोपाटी अनलाइनलाई यसको सङ्घर्ष र सफलताका लागि शुभकामना दिँदै आजको बदलिदो परिवेशमा डिजिटल दुनियाँमा यसको सक्रियताका लागि धन्यवाद दिनुभयो ।

“इमानदारको खडेरी देशमा परेको हुँदैन । कसैले आफ्‌ना स्वार्थले अरुलाई इमानदार देख्दैन त कसको के लाग्छ ?” प्रधानमन्त्रीले भन्नुभयो ।उहाँले रातोपाटी डटकमले थुप्रै अनलाइनमध्ये असाधारण ढंगले ठूलो परिश्रम र लगनबाट सफलता प्राप्त गरेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सञ्चार माध्यमले अनेक क्षेत्रमा यथोचित व्यवस्थापन सहित सुझाव दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।




भर्खरै