२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ किन र केका लागि बन्यो ?



अ+ अ-

काठमाडौं । पछिल्लो समय नेपाली दर्शकको रुचि कस्तो सिनेमामा छ भनेर कसैले सोध्यो भने सायद अधिकांशले भन्छन् होला, इमोस्नल सिनेमामा । किन भन्ने प्रश्न आयो भने जवाफमा उदाहरण प्रशस्तै छन् । जस्तै : ‘पूर्ण बहादुरको सारङ्गी’, ‘बोक्सीको घर’, ‘एन्जिला’, ‘ऊनको स्वीटर’ आदि ।

कमेडीबाट दर्शक आफ्नै जिन्दगी र अनुभवमा घोलिएका कथाहरू बोकेका इमोस्नल सिनेमातिर लहसिए । त्यसैले दर्शकको रुचि र चाहनालाई सम्बोधन गर्दै आफूहरू आउन लागेको बताउँछन्, हिमाल न्यौपाने । अर्थात्, चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’का निर्देशक ।

“हाम्रो सिनेमाको अनाउन्समेन्ट भिडियोदेखि अहिलेसम्म आइपुग्दा हरेक टिजरले यो प्रष्ट पारेका छन् भन्ने लाग्छ । हामी आम नेपालीले भोगेको समस्या हाम्रो सिनेमाले देखाउनेछ,” निर्देशक न्यौपाने भन्छन्, “भर्खरै आएको गीतले पनि यो प्रष्ट पारेको छ । आमालाई अघाध माया गर्ने छोराले आमालाई खुसी दिन गरेको संघर्ष र पराइको पाइला चालेको देखिन्छ ।”

आम निम्न बर्गीय र मध्यमबर्गी नेपालीले भोगिरहेको समस्या आफ्नो सिनेमामा रहेको निर्देशक न्यौपाने बताउँछन् । आर्थिक रूपमा टक्टिकिएर झन् सानो भएको छोरोको ठूलो मन ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा देख्न पाइने उनले बताएका छन् ।

रुमानी कल्पनाको संसारभन्दा पनि यथार्थ घटानाहरुको बीचबाट दर्शकलाई यो पटक सिनेमा देखाउने रहरले आफूले यो चलचित्र बनाएको उनको भनाइ छ ।

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुनेछ ।

विजय बराल यो सिनेमाको मुख्य कलाकार हुन् । निर्माणपक्षले विजयलाई ‘एपिक नेचुरल स्टार’को ट्याग दिएको छ । छायांकन सकिएको यो चलचित्र अहिले पोस्टप्रोडक्सनमा छ ।

यो चलचित्रको छायांकन काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा गरिएको हो ।

चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

बलियो लाइनअप देखिएको चलचित्रमा विजयसँगै अभिनेत्री केकी अधिकारी, अभिनेत्री मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको पनि अभिनय रहेको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन् ।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मण राज पौडेल हुन् ।

गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ ।

अल टाइम ब्लक बस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’ पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो ।

विसं. २०८१ मा नेपाली चलचित्र उद्योगलाई ब्लकबस्टर सिनेमा दिने विजय र केकी ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को मुख्य भूमिकामा सँगै देखिँदै छन् ।




भर्खरै