२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘निजी क्षेत्रलाई अख्तियार लाग्दैन’



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमी व्यवसायीलाई अप्ठ्यारो पार्ने काम सरकारले नगर्ने बताउनुभएको छ । उहाँले सरकारको नियत उद्योगी व्यवसायीलाई अप्ठ्यारो पार्ने, हतोत्साही बनाउने, असहयोग गर्ने भन्ने नै हुँदैन, यो सरकारले सोच्न सक्ने विषयसमेत होइन भन्नुभयो । नेपाल उद्योग परिसङ्घको सत्रौँ वार्षिक साधारणसभालाई सोमबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, अहिलेका साझा समस्यालाई साझा ढङ्गले नै समाधान गर्नुपर्छ । सरकार उद्यमी व्यवसायीको साथमा छ । सरकारले निजी क्षेत्रलाई अख्तियार लगाउँदैन । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार बढाएर निजी क्षेत्रलाई पनि समावेश गर्नुपर्ने निष्कर्षमा सरकार नपुगेकाले त्यो प्रक्रिया स्थगित गरिएको जानकारी दिनुभयो । निजी क्षेत्रलाई नियमन गर्ने थुप्रै निकाय छँदैछन् भन्दै प्रम ओलीले स्पष्ट पार्नुभयो, अहिले अख्तियार ल्याउनु आवश्यक छैन । यसलाई सरकारले अघि बढाउँदैन ।

राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्र र सरकारको छुट्टाछुट्टै तर समपूरक भूमिका निर्वाह गरेको टिप्पणी प्रधानमन्त्री ओलीको थियो । निजी क्षेत्र उत्पादन, वितरण, व्यापार, आयात, निर्यात जस्ता गतिविधि गरेर अर्थतन्त्र, राजस्वमा योगदान गर्ने र सरकारले त्यसको उचित नियमन, रेखदेख र निजी क्षेत्रको योगदानलाई सदुपयोग गरेर देश विकासको प्रयासमा लाग्ने उहाँको भनाइ थियो ।
कोरोनाले परेको घाटा तथा कठिनाइ समीक्षा गर्न निजी क्षेत्रलाई आग्रह गर्नुहुँदै प्रधामन्त्री ओलीले आफ्ना क्षेत्रगत हित मात्र नसोचेर समग्र राष्ट्रिय अर्थतन्त्रमा हित गर्नेगरी निष्कर्ष निकाल्न साधारण सभालाई आग्रह गर्नुभयो । उहाँले निजी क्षेत्रका विभिन्न सङ्गठन रहे पनि समस्याका विषयमा साझा दृष्टिकोण र पहल आवश्यक हुने औंल्याउनुभयो ।
 

अर्थतन्त्र पुरानो लयमा

कार्यक्रममा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षमा अथतन्त्रले पुरानै लय समाउन सक्ने देखिएको औँल्याउनुभयो । उहाँले कोरोना महामारीबीच पनि वैदेशिक लगानी आकर्षक रहेको, विदेशी मुद्रा सञ्चितिमा सुधार भएको, रेमिट्यान्स आप्रवाह राम्रो रहेको भन्दै नेपालको अर्थतन्त्रले सोचेभन्दा छिटो गति समाउने देखिएको बताउनुभयो ।
अर्थमन्त्री खतिवडाले भन्नुभयो, आगामी आर्थिक वर्षका लागि निर्धारित सात प्रतिशतको आर्थिक वृद्धिदर समाउन समस्या छैन । यद्यपि केही क्षेत्रगत आर्थिक सूचक भने नकारात्मक हुनसक्ने छ । मुद्रास्फ्रिति पनि अहिले ६ प्रतिशतको सीमाभित्रै रहेको छ ।

उहाँले अन्तर्राष्ट्रिय व्यापार पनि ८० प्रतिशत सुचारु भइसकेको, भन्सार तथा आन्तरिक राजस्व सङ्कलन पनि ८० प्रतिशतको पुगेको बताउनुभयो । मन्त्री खतिवडाले बन्दाबन्दीलाई पनि यही असार १ देखि सहज बनाइएपछि आन्तरिक बजारले पनि पुरानो लय समाउने प्रयास गरिरहेको औँल्याउनुभयो । कार्यक्रममा नेपाल उद्योग परिसङ्घ अध्यक्ष सतिसकुमार मोरले कोभिड–१९ का कारण नेपालको उद्योग व्यवसाय क्षेत्रले भोगेका समस्या राख्नुभएको थियो । गोरखापत्र दैनिक