२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने कुरामा विपक्षी दलको एकमत



फाईल फोटो
अ+ अ-

काठमाडौं । विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा छानबिन समिति नबनाइ सदन चल्न नदिने अडान कायमै राखेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राखेका विपक्षी दलको बैठकले भिजिट भिषामार्फत मानव तस्करीको संगठित अपराध सदाका लागि निराकरण गर्न समिति बनाउनुपर्नेमा निष्कर्ष निकालेको रास्वपाका प्रवक्ता मनिष झाले बताए ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले पनि छानबिन समिति बनाउने विषयमा आफूहरुबीच कुनै फरक मत नरहेको बताएका छन् ।

भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरूले जेठ १३ गते देखि निरन्तर संसद् बैठकमा अवरोध गर्दै आएका छन् । उनीहरूले गृहमन्त्रीको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनु पर्ने माग राख्दै आएका छन् ।