२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन कांग्रेस–एमाले तयार



अ+ अ-

काठमाडौं । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेस तयार भएका छन् ।

प्रमुख प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न समिति बनाउने लिखित प्रतिबद्धता आए मात्रै संसद् खोल्न तयार रहेको बताएपछि एमाले र कांग्रेस तयार भएको हो ।

सदन सुचारु गर्ने बारे नयाँ बानेश्वरस्थित संसद् भवनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव वर्षमान पुन, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रमुख सचेतक श्याम घिमिरे र नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाबीच छलफल भएको थियो ।

सो छलफलमा नेकपा एमाले र कांग्रेसका प्रमुख सचेतकहरूले छानबिन समिति बनाउने लिखित प्रतिबद्धता जाहेर गरेका स्रोतले बतायो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा तथा उच्चस्तरिय छानबिन समितीको माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन् ।

 

 




भर्खरै