२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई क्षयरोग मुक्त बनाउनुपर्छ : मन्त्री पौडेल



अ+ अ-

जनकपुर। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपाललाई क्षयरोग मुक्त बनाउनका लागि सरकारी तथा गैरसरकारी संस्था हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरको आयोजनामा क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रमअन्तर्गत आज जनकपुरधाममा आयोजना गरिएको दुईदिने प्रदेशस्तरीय समीक्षा कार्यक्रममा मन्त्री पौडेलले क्षयरोग मुक्त देश बनाउने अभियान सफल बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारबीच अधिकतम सहकार्य आवश्यक भएको बताउनुभयो ।

भारतसँग सिमाना जोडिएको मधेस प्रदेशका जिल्लामा क्षयरोग नियन्त्रण कठिन हुने भएकाले सीमासँग जोडिएका भारतीय क्षेत्रका प्रशासनसँग सहकार्य गरेर प्रभावकारी नियन्त्रण तथा खोजतलास गर्न सकिने उहाँको भनाइ थियोे ।

मन्त्री पौडेलले देशमा साधन श्रोतको अभाव भए पनि स्वास्थ्य क्षेत्रमा ४ प्रतिशत बजेट भएको उल्लेख गर्दै स्वास्थ्यका सबै समस्या समाधान गर्न कठिन भए पनि स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यहरू अगाडि बढाइरहेको बताउनुभयो । उहाँले सरकारी स्वास्थ्य संस्थामा सेवाग्राहीको चाप बढ्नु सरकारी स्वास्थ्यप्रतिको जनविश्वास भएको जिकिर गर्दै क्षयरोग जस्ता रोगको उन्मूलनका लागि सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा अंकुर साहले मधेसमा अत्यधिक मात्रामा जनसङ्ख्या भएका कारणले स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मधेस स्वास्थ्य विज्ञानको प्रयासले मात्र स्वास्थ्यको सम्पूर्ण समस्याको समाधान कठिन हुने बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले स्वास्थ्य क्षेत्रमा सङ्घीयताको राम्रो अभ्यास भए पनि प्रदेश तथा स्थानीय तहले मात्र समस्याको समाधान गर्न कठिन भएको बताउनुभयो ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा श्रीराम तिवारीले क्षयरोग मुक्त नेपाल बनाउनका लागि मधेस प्रदेशका २५ पालिकामा क्षयमुक्त पालिका बनाउने अभियान सुरु गरेको बताउँदै गत वर्ष नेपालमा फेला परेका ४० हजार सात सय ७६ नयाँ क्षयरोगीको उपचार गर्ने काम भइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव राजेशकुमार मिश्र, धनुषा स्वास्थ्य कार्यालयका प्रमुख, जनस्वास्थ्य प्रशासक उमेशकुमार यादव, क्षयरोग नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको नुरा हेल्थका नेपाल निर्देशक डा सुशील कोइरालासहितले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे जानकारी दिनुभएको थियो । रासस




भर्खरै