२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जमा न्यायाधीशमाथि आक्रमण: न्यायाधीश समाज नेपालद्वारा गम्भीर ध्यानाकर्षण



अ+ अ-

काठमाडौं । न्यायाधीश समाजले वीरगञ्ज इजलासका न्यायाधीश खुसीराम थारुमाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै कडा शब्दमा भर्त्सना गरेको छ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै न्यायाधीश समाजले न्याय सम्पादनको सिलसिलामा अदालतमा कार्यरत न्यायाधीशमाथि भएको आक्रमणको कडा शब्दमा भर्त्सना गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारको कार्य अत्यन्तै निन्दनीय छ र यसले न्यायपालिका तथा न्यायाधीशहरूको स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको छ।’

न्यायाधीश समाजले घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानूनी दायरामा ल्याई आवश्यक कारबाही गर्न माग गर्दै भनेको छ, ‘यस्ता आपराधिक कार्य गर्न जोसुकैलाई पनि छुट दिन मिल्दैन।’

संस्थाले घटनामा संलग्न व्यक्तिहरूलाई पहिचान गरी कडा कानूनी कारबाही गर्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेको छ।

नोटः यसअघि वीरगञ्ज हुनुपर्नेमा जनकपुर भएकाले सच्चाइएको छ । (सम्पादक)