२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेस्ट च्याम्पियनसिप फाइनलः अस्ट्रेलियालाई २१८ रनको अग्रता



अ+ अ-

काठमाडौँ । विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी)को फाइनल खेल दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच लन्डनमा भइरहेको छ ।

खेलको तेस्रो दिनको सत्र आज (शुक्रबार) दिउँसो सवा ३ बजे सुरु हुनेछ । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्ध २१८ रनको अग्रता लिएको छ ल। अस्ट्रेलियाले पहिलो इनिङमा ७४ रनको अग्रता लिएको थियो । दोस्रो इनिङमा ८ विकेट गुमाएर टोलीले १४४ रन बनाएको छ ।

एलेक्स केरी र मिचेल स्टार्कले आठौं विकेटको लागि ५० रन बनाए । केरी ४३ रन बनाएर आउट भए । स्टार्कले आज नाथन लियोनसँग मिलेर टोलीको इनिङ अगाडि बढाउनेछन् ।

अष्ट्रेलियाले पहिलो इनिङमा २१२ रन बनाएको थियो भने दक्षिण अफ्रिकाले १३८ रन बनाएको थियो । अष्ट्रेलियाले पहिलो इनिङमा ७४ रनको अग्रता लिएको थियो ।

खेलको दोस्रो दिन बिहीबार दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिङमा केवल १३८ रन मात्र बनायो । डेभिड बेडिंगहमले ४५ रन बनाए । अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले ६ विकेट लिए ।

अस्ट्रेलियाले दोस्रो दिन आफ्नो दोस्रो इनिङ सुरु गर्यो । टोलीले ७३ रनमा ७ विकेट गुमायो । यहाँबाट एलेक्स केरी र मिचेल स्टार्कले साझेदारी गर्दै टोलीलाई १४४ रनमा पुर्‍याए । टोलीसँग अझै २ विकेट बाँकी छन् ।

बुधबार लर्ड्स स्टेडियममा दक्षिण अफ्रिकाले बलिङ गर्ने निर्णय गर्यो । अस्ट्रेलियाले २१२ रनमा १० विकेट गुमायो । ब्यू वेबस्टरले ७२ र स्टिभ स्मिथले ६६ रन बनाए । कागिसो रबाडाले ५ विकेट लिए । दक्षिण अफ्रिकाले पनि आफ्नो इनिङ सुरु गर्यो, तर ४३ रनमा ४ विकेट गुमायो ।