२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानी टोली इंग्ल्यान्ड भ्रमणमा



अ+ अ-

कराँची । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका १० खेलाडीबिनै पाकिस्तानी क्रिकेट टोली आइतबार इंग्ल्यान्ड भ्रमणमा निस्किएको छ । पाकिस्तानी टेस्ट टोलीका कप्तान अझर अलीले आफूहरू इंग्ल्यान्डमा गएर खेल्न आतुर रहेको जनाएका छन् । कोरोनाको महामारीसँग रोकिएयता टेस्ट म्याच हुन सकेको छैन । पाकिस्तानले त्यसयता पहिलो पटक टेस्ट खेल्न लागेको हो । इंग्ल्यान्डले पाकिस्तानसँग खेल्नुअघि वेस्ट इन्डिजसँग खेल्नेछ । त्यसका लागि वेस्ट इन्डिज यसअघि नै इंग्ल्यान्ड आइसकेको छ ।

‘कठिन परिस्थितिपछि सबै खेलाडीहरू उत्साही छन्,’ अलीले इंग्ल्यान्ड प्रस्थान गर्नुअघि भने, ‘कठिन स्थितिमा इंग्ल्यान्ड भ्रमणमा जाँदैछौं, त्यसै पनि इंग्ल्यान्डसँग खेल्नु चुनौती छ । हामीले त्यहाँ गरेको पछिल्लो दुई भ्रमणको प्रदर्शनले राम्रो खेल्न प्रेरणा दिनेछ, हामीले त्यसैलाई निरन्तरता दिने प्रयास गर्नेछौं ।’

पाकिस्तानले २०१६ को इंग्ल्यान्ड भ्रमणको चार टेस्ट शृंखलामा २–२ तथा दुई वर्षअघि दुई टेस्ट शृंखलामा १–१ को नतिजा निकालेको थियो । भ्रमणमा कोरोनाको संक्रमण भएका १० खेलाडीलाई समावेश गरिएको छैन ।