२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको अर्थतन्त्रमा वागमती सरकारको योगदान ३६ दशमलव ५२ प्रतिशत रहने



अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब २२ करोड पुग्ने प्रक्षेपण गरिएको छ ।

जसमा वागमती प्रदेशको अंश सबैभन्दा बढी ३६.५२ प्रतिशत रहने अनुमान गरिएको छ । वागमती प्रदेश सरकारले बार्षिक सर्वेक्षण सार्वजनिक गर्दै उक्त अनुमान गरेको हो ।

हालै सार्वजनिक वार्षिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा वागमती प्रदेशको आर्थिक वृद्धिदर ५.१८ प्रतिशत रहने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा बागमती प्रदेशको कृषि, वन तथा मत्स्य क्षेत्रको कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर ३.४८ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।

गत आर्थिक वर्षमा यस क्षेत्रको वृद्धिदर २.७० प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ११.८० प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष यस्तो योगदान ११. ६७ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षमा बागमती प्रदेशको खानी तथा उत्खनन् क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदर १.८९ प्रतिशत रहने अनुमान रहेकोमा गत आर्थिक वर्षमा यस क्षेत्रको वृद्धिदर ३.२३ प्रतिशत रहेको थियो ।

गत आर्थिक वर्षको यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा खानी तथा उत्खनन् क्षेत्रको योगदान ०.६५ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष यस्तो योगदान ०.६२ प्रतिशत रहने अनुमान छ ।

गत आर्थिक वर्ष बागमती प्रदेशको उत्पादनमूलक उद्योगको उत्पादन २.०९ प्रतिशतले ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षमा ३.८२ प्रतिशतले वृद्धि हुने अनुमान छ । गत आर्थिक वर्ष यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा उत्पादनमूलक उद्योगको योगदान ४.९३ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष ४.९१ प्रतिशत रहने अनुमान छ ।

चालु आर्थिक वर्ष बागमती प्रदेशको विद्युत, ग्यास तथा वाष्प र वातानुकूलित आपूर्ति सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि १९.९५ प्रतिशतले बढ्ने अनुमान छ । वागमती प्रदेश सरकारले सार्वजनिक गरेको सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म प्रदेश सरकारको खर्च २५.६२ प्रतिशत भएकोमा चालुतर्फ ३५.२२ प्रतिशत र पुँजीगततर्फ १९.९४ प्रतिशत खर्च भएको छ ।

सो आवधिमा प्रदेश सरकारको आय ४४ अर्ब ५६ करोड ५३ लाख रहेको छ । बागमती प्रदेशका सबै स्थानीय तहमा बैंकको शाखा पुगेका छन भने त्यहाँ वित्तीय पहुँचमा अभिवृद्धि भएको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

यस्तै, बागमती प्रदेशमा ९९.९७ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ भने ९२.३५ प्रतिशत घरधुरीमा आधारभुत खानेपानी सुविधा पुगेको छ ।

वागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ । युवा वर्गमा उद्यमशील सोचको विकास हुँदै गएको प्रदेश सरकारले जारी गरेको सर्वेक्षणमा उल्लेख छ ।




भर्खरै