२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट निर्माणमा दुवै ठूला दलको मेहनत देखिएनः पूर्वअर्थमन्त्री पुन



अ+ अ-

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट बलियो सरकारले ल्याएको कमजोर बजेट भएको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा “आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल”मा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संसद्को गणितीय हिसाबले करिव दुई तिहाइको सरकारले ल्याएको बजेटमा मेहनत नपुगेको बताउनु भयो । उहाँले वर्तमान सरकार गठन हुँदै गर्दा संविधान संशोधन, राजनीतिक स्थायित्व, सेवा प्रवाहमा कडाइ र अर्थतन्त्रमा सुधारको प्रतिवद्धता जनाए पनि बजेट कमजोर आएको जिकिर गर्नुभयो । उहाँले एजेन्डाहरूलाई नारासहित विषयमा केन्द्रित, बजेटलाई प्याकेजिङ र ब्रान्डिङ गरेर एकीकृत रूपले बजेट ल्याएको खण्डमा मात्रै प्रभावकारी हुने धारणा राख्नुभयो । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव समेत रहनुभएका पुनले बजेट निर्माणमा अर्थमन्त्रीको मेहनत नपुगेको बताउँदै दुई ठुला दलहरूले गर्नुपर्ने मिहिनेत पनि नगरेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, “अहिलेको सरकार पहिलो ठुलो र दोस्रो ठुलो दल र संसद्को गणितीय हिसाबले करिब दुई तिहाइको सरकार हो । दुई तिहाइको सरकार गठन हुँदै गर्दा हामी संविधान संशोधन गर्छौ, राजनीतिक अस्थिरता देखिएको छ यसलाई स्थिर बनाउँछौँ, सेवा प्रवाहका कुरामा कडाइका साथ जान्छौँ र अर्थतन्त्रमा केही सुधार गर्छौ भनेर उहाँहरूले प्रतिबद्धता गर्नुभएको थियो । यो पृष्ठभूमिमा आएको यो बजेट हो । यो बजेट हेर्दा बलियो सरकारको कमजोर बजेटको रूपमा आएको छ । सरकार बलियो, बजेट कमजोर । बजेटलाई हेर्दा एजेण्डाहरूलाई नारासहित विषयमा केन्द्रित गरेर, बजेटलाई प्याकेजिङ गरेर, ब्रान्डिङ गरेर एकीकृत रूपले कहाँनिर फोकस गर्न खोजेको हो, त्यहाँ फोकस हुन्थ्यो । एकातिर अर्थमन्त्री ज्यूको मिहिनेत देखिएन र साथसाथै, दुई ठुला दलहरूले गर्नुपर्ने मिहिनेत जति हुनुपथ्र्यो त्यो पनि भएन ।”  

आगामी बजेट राजनीतिक नेतृत्वले मेहनतका साथ नभई प्रशासकीय तहले नियमित रूपमा बनाउने बजेटको रूपमा देखिएको जिकिर गर्नुभयो ।




भर्खरै