२४ असार २०८३, बुधबार
,
Latest
सवारी नियम उल्लङ्घनको कारबाही: चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रतिनिधिसभा बैठक बस्दै, चार महत्त्वपूर्ण विधेयक प्रस्तुत हुँदै तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः  १४ किमी  कालोपत्र वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए भेरी करिडोरः पुल र सडक कहिले होलान् पूरा ? ‘झ्याप्प–झ्याप्प’ बत्ती जाने समस्या समाधान अभियान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बूढानीलकण्ठमा २ व्यक्ति र कुकुर मृत भेटिए



अ+ अ-

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा दुई व्यक्ति र कुकुर मृत फेला परेका छन् ।

मृत भेटिनेमा भारतको चन्डिगढका घर भएका ५४ वर्षीय परम नारायण गिल र २८ वर्षीया अन्जना तामाङ रहेका छन् ।

अन्जना धादिङको गल्छी गाउँपालिका–६ की स्थानीय रहेको खुलेको छ ।

उनीहरू पासिकोटस्थित थ्री–स्टार किडजोन स्कुलको कम्पाण्डभित्र रहेको साढे दुई तले घरमा मृत भेटिएका हुन् ।

उनीहरूका साथै एउटा कुकुर पनि मृत भेटिएको छ । शुक्रबार राति शव भेटिएपछि घटना शंकास्पद रहेको ठहर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

भारतीय नागरिक गिल उक्त घरमा एउटा कोठा भाडामा लिएर बसेका थिए ।

भाडाको उक्त कोठामा उनीहरू मृत भेटिएका हुन् । हत्यापछि आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।