२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख विचौलियाको पक्षमा उभिएः राप्रपा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख र संसद विचौलियाको पक्षमा उभिनुभएको आरोप लगाउनुभएको छ ।

संघीय संसद भवनमा आईतवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले संसद र सभामुख स्वयं विचौलियाको पक्षमा उभिएपछि संसद बहिष्कार गर्नुपरेको बताउनुभएको हो ।

उहाँले भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले विरोध जनाइरहँदा सभामुखले अन्देखा गर्दै संसद सुचारु गर्नुभएको बताउनु भयो । उहाँले एक जना सांसदले विरोध जनाउँदा संसद चलन नसक्ने नियमावली रहेको भएपनि सभामुखले नियमावली विरुद्ध गएर संसद सुचारु गर्नुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सभामुखले आज भिजिट भिसा प्रकरणमा नेपाली नागरिक विक्रीमा परेका छन् । सरकार स्वयं संलग्न छ भन्नेकुरा पछिल्ला तथ्य र प्रमाण्ले देखाएको छ । सफ्ठ्वेयर नै बनाएर ठगिएको छ भन्नेकुरा बाहिरिँदा पनि संसदमा हामीले यो आवाज गृहमन्त्रीको जवाफ चाहियो भनेर ३५ जना जति सांसदले आवाज उठाउँदा सभामुखले त्यो अन्देखा गर्नुभयो । सभामुख र संसद स्वयं विचौलियाको पक्षमा उभिएपछि हामीले संसद बहिष्कार ग¥यौँ । बहिष्कार गर्नु शिवाय अर्को विकल्प छैन । किनभने यस्तो किसिमले संसद चल्दैन ।’

प्रमुख सचेतक शाहीले संसदमा उठेका आावज सम्बोधन नगर्ने भएपछि संसदभित्र बस्नुको औचित्य नरहेको बताउनु भयो ।




भर्खरै