२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमे पर्व वैज्ञानिक र पर्यावरणमैत्रीः मन्त्री पाण्डे



अ+ अ-

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भूमे पर्व केवल सांस्कृतिक परम्परा नभई वैज्ञानिक आधार भएको पर्व भएको बताउनुभएको छ ।

आज आयोजित ‘भूमे पर्व–२०८२’ लाई सम्बोधन गर्दै मन्त्री पाण्डेले  भन्नुभयो, “भूमिलाई पूजा गर्ने चलन पुरातन मान्यता मात्र होइन, वैज्ञानिक विषय पनि हो । जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पग्लिन थालेको छ । बाढी–पहिरो बढेको छ । सिङ्गो जगत् नै सङ्कटमा छ । यस्तो अवस्थामा भूमि पूजाले प्रकृतिप्रतिको सम्मान र दिगोपनाको सन्देश दिन्छ ।”

मन्त्री पाण्डेले भूमे पर्वलाई वातावरणीय सन्तुलन कायम राख्न सघाउने संस्कारका रूपमा समेत रहेको बताउनुभयो । “भूमि पूजाले प्राकृतिकतामा हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएको हुन्छ,” मन्त्री पाण्डेले भन्नुभयो, “भूमि र प्रकृतिलाई बाँच्न दिने हो भने जल, जमिन, जङ्गल र वायुको संरक्षण गर्न सकिन्छ ।”

उहाँले सूचीकरण तथा व्यवस्थापन कार्यविधि, २०८१ पारित बताउँदै मागअनुसार यस पर्वलाई पनि सूचीकृत गर्नेबारे छलफल गरिने बताउनुभयो ।

आयोजक भूमे पर्व संरक्षण नेपालका उपाध्यक्ष हर्कबहादुर घर्तीले प्रकृति (भूमि)लाई सम्मान गर्न यो पर्व मनाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “भूमिको पूजा विशेषतः प्रकतिले हामीलाई गाँस, बास, कपास दिएकामा सम्मानस्वरूप गरिन्छ । यसमा पूजाआजा तथा नाचगान गरिन्छ ।”

उहाँले भूमे पर्व पहिले मुख्य रूपमा रुकुम, रोल्पा र बागलुङमा मनाइए पनि अहिले बसाइँसराइ र रोजगारीका कारण देश–विदेशमा छरिएका मगर समुदायले पनि मनाउन थालेको उल्लेख गर्नुभयो ।

यो पर्व उपत्यकामा बसोबास गरिरहेका मगर समुदायका लागि टुँडिखेलमा तीन दिनसम्म आयोजना भइरहेको छ । यसै अवसरमा लुम्बिनी प्रदेश सरकारले दाङ, रोल्पा, रुकुमपूर्व र प्यूठान जिल्लाका मगर समुदायलाई सार्वजनिक बिदा दिएको छ । रासस