१ असार २०८३, सोमबार
,
Latest
उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन पूर्वाधारको विकास प्राथमिकतामा छः मन्त्री दाहाल



अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पर्यटन पूर्वाधार विकास सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनी आज अवलोकनपछि मन्त्री दाहालले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखिएको बताउनुभयो ।

“राससले महत्त्वपूर्ण पर्यटकीय स्थलहरूको तस्बिरको सङ्कलन गरेर प्रदर्शनीमा राख्दा खुसी लागेको छ । यसले नेपालको सुन्दरतालाई अझै उजागार गरेको छ,” मन्त्री दाहालले भन्नुभयो, “राससले आगामी दिनमा पनि यस्तै काम गरोस् । अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सकेमा अझै पर्यटकीय विकास गर्न सकिन्छ ।”

मन्त्री दाहालले पर्यटकीय क्षेत्रमा पूर्वाधार विकास निर्माणको कार्यलाई अगाडि बढाउने क्रममा घना बस्ती भएकालाई पहिलो प्राथमिकता दिइने, जनताले उत्पादन गरेका स्वदेशी वस्तुको बजार प्रवर्द्धन गर्दै बजारसम्म पहुँच स्थापित गर्ने, त्रिदेशीय सम्बन्धलाई जोड्ने सरकारको योजना रहेको बताउनुभयो ।

“पर्यटन प्रवर्द्धन गर्नेगरी पूर्वाधार विकासलाई प्राथमिकता दिँदा पर्यटकीय आकर्षण बढाउन सकिन्छ र मुलुकको आर्थिक समृद्धि र रोजगार बढाउन सकिन्छ । तसर्थ पर्यटन विकासका लागि सडक, पुलजस्ता पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छु,” उहाँले भन्नुभयो ।

गत जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ तस्बिर राखिएका छन् ।