२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः अध्यक्ष लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सभामुख देवराज घिमिरेले संसदीय मर्यादा र परम्परा विपरित संसदको बैठक सञ्चलन गर्नुभएको बताउनुभएको छ ।

संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बजेटमा छलफलमा भाग लिने परिस्थिति नै सभामुखले बनाउन नसक्नुभएको बताउनु भयो । उहाँले संसदीय मर्यादा परम्परामा कुनैपनि एक सांसदले उठेर असहमित जनाइरहेको बेलामा संसद अवरुद्ध रहेको बताउनु भयो ।

भिजिट भिसा जस्तो प्रकरणमा फरक दृष्टिकोण राखेर आफ्नो आवाज उठाइरहेको बेलामा उनीहरुलाई वार्ता, संवादमा ल्याउने र समाधानतर्फ लैजाने प्रयास सभामुखले गर्नुपर्नेमा जबरजस्ती संसद भद्रगोल तरिकाले अघि बढाउनुभएको आरोप लगाउनु भयो । संसद सही प्रकारले नचलेसम्म राप्रपाले बैठक बहिष्कार गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बजेटमा छलफलमा भाग लिने परिस्थिति नै सभामुखले बनाइरहनुभएको छैन । संसदीय मर्यादा परम्परामा संसद अवद्ध भइरहेको बेलामा वा कुनैपनि एक सांसदले उठेर असहमित जनाइरहेको बेलामा संसद अवरुद्ध मानिन्छ । पहिले दुई वटा महत्वपूर्ण राजनीतिक पार्टीहरुले देशको महत्वपूर्ण विषय भिजिट भिसा जस्तो प्रकरणमा फरक दृष्टिकोण राखेर आफ्नो आवाज उठाइरहेको बेलामा उनीहरुलाई वार्ता, संवादमा ल्याउने र समाधानतर्फ लैजाने प्रयास सभामुखले गर्नुपर्नेमा जबरजस्ती संसद भद्रगोल तरिकाले अघि बढाउनुभएको छ । त्यो संसदीय मर्यादा र परम्परा विपरितको काम भएकाले त्यस्तो बैठकमा सहभागी हुनु अनुचित ठानेर संसद बैठक बहिष्कार गरेको छ । जबसम्म संसद सही प्रकारले चल्दैन तबसम्म यस प्रकारको बैठक बहिष्कार गराइराख्छौँ । बैठकमा भाग नलिएको समयको भत्ता हामी लिँदैनौँ ।’

उहाँले बजेट केही नेताको गोजीबाट आएको आरोप लगाउनु भयो । सरकारमा बसेकाहरुको स्वार्थपूर्ति गर्न बजेट ल्याइएको बताउनु भयो । संख्याको दम्भमा विचार निषेध गर्ने काम भएको बताउनु भयो ।




भर्खरै