२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली शान्ति सैनिकको अदलीबदली



DRM
अ+ अ-

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ नेपाली शान्ति सेनाको तेस्रो समूह सोमबार स्वदेश फर्किएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सहसेनानी भोलाकुमार कार्कीको नेतृत्वमा ६७ जना नेपाली शान्ति सैनिक सोमबार स्वदेश फिर्ता भएका हुन् ।

यसअघि प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठको नेतृत्वमा उक्त मिसनमा बदली गर्न चौथो समूह रहनेगरी ७७ जना शान्ति सैनिक गत जेठ ३० गते त्यसतर्फ गएका थिए । हाल त्यस मिसनमा १०७ जना शान्ति सैनिक कार्यरत रहेको जानकारी दिइएको छ । रासस