२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाका सासंदहरु निलो स्कापसहित संसद भवनमा



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्यले संघीय सदनमा निलो रिवन लगाएर ‘मानव तस्करी’ को बिरोध गरेका छन। मानव तस्करी बिरूद्धको अभियानलाई विश्वव्यापी रूपमा ‘निलो रिबन’ को प्रतीकले जनाउँछ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै संसद्मा अवरोध सिर्जना गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले विरोधको शैली परिवर्तन गरेको हाे । रास्वपाका सबै सासंदहरु निलो स्कापसहित आजको संसद भवन पुगेका छन् ।

सामूहिक फोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै सांसद सूमना श्रेष्ठले लेख्नुभएको छ –सरकारको दादागिरी बन्द गर, हाम्रो आन्दोलन जारी छ।

रास्वपाका सांसदहरु रोस्ट्रम अगाडि नाराबाजी गर्दागर्दा थाकेपछि भुइँमै बसेर विरोध जनाउँदै आएका थिए । अब भने उनीहरुले विरोधको शैली परिवर्तन गरेर रचनात्मक बनाउन लागेका हुन् ।

आन्दोलनको असरको समीक्षा र परिस्थितिको मूल्यांकन गर्न रास्वपाले सुमना श्रेष्ठ, मनिष झा, शिशिर खनाल, असिम शाह र निशा डाँगीको कार्यदलसमेत गठन गरेको छ ।

यसैगरी आन्दोलन परिचालनको जिम्मेवारी हरि ढकाललाई दिइएको नेता विराजभक्त श्रेष्ठले जानकारी दिनुभयो ।

संसद्सँग समन्वय गर्न विराजभक्त श्रेष्ठ र सन्तोष खनाललाई जिम्मेवारी दिइएको छ ।