२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुललाई ‘गार्ड अफ अनर’ दिईने



अ+ अ-

लन्डन । म्यानचेस्टर सिटी र लिभरपुलबीच अर्को साता हुने खेलका क्रममा आफ्नो टिमले नयाँ लिग विजेतालाई ‘गार्ड अफ अनर’ दिने निश्चित भएको पेप ग्वार्डिओलाले बताएका छन् । दुई दिनअगाडि मात्रै लिभरपुलले इंग्लिस प्रिमियर लिग जितेको थियो ।

लिभरपुलले ३० वर्षयता पहिलोपल्ट लिग जितेको हो । अंकतालिकाको शीर्ष स्थानमा रहेका दुई टिम बिहीबार एतिहाडमा खेल्दै छन् । ग्वार्डिओलाले लिभरपुल पारम्परिक ‘गार्ड अफ अनर’ का लागि हकदार भएको पनि बताए ।

उनले भने, ‘लिभरपुललाई अबको खेलमा गार्ड अफ अनर दिनेमा कुनै दुबिधा छैन । लिभरपुल यसका लागि पूरा हकदार छ । यसमा हामीलाई कुनै संकोच रहनेछैन ।’