२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टम क्रूजलाई ओस्कार प्रदान गरिने



अ+ अ-

एजेन्सी । हलिउड अभिनेता टम क्रुजलाई गभर्नर अवार्डमा मानार्थ ओस्कारबाट सम्मानित गरिने भएको छ ।

फिल्म एकेडेमीले मंगलबार घोषणा गरेको छ कि टम क्रूज, कोरियोग्राफर डेबी एलेन र ‘डू द राइट थिंग’ प्रोडक्सन डिजाइनर विन थोमसलाई गभर्नर अवार्डमा मानार्थ ओस्कार स्ट्याचुएट्स प्रदान गरिनेछ ।

गायिका डली पार्टनले शिक्षा र साक्षरताको क्षेत्रमा दशकौंदेखि सामाजिक कार्य गरेकोमा जीन हर्शोल्ट मानवीय पुरस्कार पनि प्राप्त गर्नेछिन् ।

‘यस वर्षको गभर्नर अवार्डले चार जना दिग्गजहरूलाई सम्मान गर्नेछ जसको असाधारण करियर र फिल्म उद्योगप्रतिको समर्पणले दिगो प्रभाव पारेको छ’ ओस्कार आयोजना गर्ने एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेस का अध्यक्ष जेनेट याङले भनिन् ।

यी पुरस्कारहरू कला, चलचित्र विज्ञान र एकेडेमीको सेवामा जीवनभर योगदान पुर्‍याउनेहरूलाई दिइन्छ । छनोट फिल्म एकेडेमीको बोर्ड अफ गभर्नर्सले गर्छ ।

पुरस्कारहरू नोभेम्बर १६ मा लस एन्जलसको रे डल्बी बलरूममा एक निजी समारोहमा प्रदान गरिनेछ ।

गत वर्ष यो पुरस्कार क्विन्सी जोन्स, बन्ड शृङ्खलाका निर्माता बारबरा ब्रोकोली र माइकल जी. विल्सन, निर्देशक रिचर्ड कर्टिस र कास्टिङ निर्देशक जुलियट टेलरलाई प्रदान गरिएको थियो ।