२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौथो नेपालगन्ज फोटो फेस्टिभल जारी (फोटो फिचरसहित)



अ+ अ-

नेपालगन्ज । अन्तरालको आयोजनामा भएको नेपालगन्जमा चौथो नेपालगन्ज फोटो फेस्टिभल जारी छ ।

फोटो फेस्टिभलको नेपाली काँग्रेसका सहमहामन्त्री किशोर राठौरले उद्घाटन गरे ।

नेपालगन्ज फोटो फेस्टिभलमा फोटो प्रतियोगिताको नौ विधामा २ हजार १ सयभन्दा बढी फोटो मध्ये उत्कृष्ट १ सय ११ वटा फोटो राखिएका छन् ।

प्रतियोगितामा डेली लाइफ, कल्चर, टुरिजम, नेचर एन्ड कन्जरभेटर, स्र्पोट्स, नेपाल स्माईल, एग्रीकल्चर, वाईल्ड लाइफ र न्युज विधामा फोटो प्रतियोगिता भएको थियो ।

अर्याल धिमालको जाजरकोट भूकम्पमा आफ्नो भत्किएको घर अधि रुँदै गरेकी महिलाको तस्बिर वर्ष तस्बिर भएको छ । यस्तै एग्रीकल्चर विधामा बबी साई, कल्चर विधामा सञ्जय महर्जन, डेली लाइफ विधामा विजय थापा, टुरिजम, नेचर एन्ड कन्जरभेटर विधामा रेमिन थारु, स्र्पोट्स विधामा तिलक महामगर, नेपाल स्माईल विधामा जीवन लामा, वाईल्ड लाइफ विधामा विनय रावल, टुरिजम बिधाामा मनोज पौडेल र न्युज विधामा बरम बुढाका तस्बिर उत्कृष्ट भएका छन् ।

यस वर्षबाट पिपुल च्वाईस अवाई समेत सुरु भएको छ । ईसेवासगको सहकार्यमा भएको यस विधामा आम मानिसले आफूलाई मन परेको फोटोलाई भोट दिन सक्नेछन् । यसको लागि असार ५ गतेसम्म भोटिङ गर्न सकिने छ ।

प्रत्येक विधाको उत्कृष्ट फोटोलाई ५ हजार र प्रतियोगिताको सर्वोकृष्ट (वर्ष तस्बिर) फोटोलाई ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार दिइने भएको छ । पिपुल च्वाईस अवार्डमा छानिएको उत्कृष्ट फोटोलाई ५१ हजार १ सय ११ रुपैयाँ पुरस्कार दिइने छ ।

      




भर्खरै