१७ असार २०८३, बुधबार
,
Latest
न्युनतम यात्रु पनि नभएपछि कतिपय विमानस्थलहरु नियमित रुपमा सञ्चालन गर्न सकिएनः पर्यटनमन्त्री पौडेल भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभाग प्रवेश गरेको हो, यसमा अरु नियोजित एवं गलत… कुटनीतिक वार्तामार्फत सीमा विवाद समाधान गर्न सरकार प्रतिवद्ध, सुस्तामा तटबन्ध निर्माणबारे भारतीय पक्षसँग समन्वय हुँदै डिशहोमको तुषाल मल्टिभेन्युसँग हातेमालो, भर्चुअल प्रिभिलेज कार्डमार्फत सुविधा प्रदान गर्ने स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग काभ्रेपलाञ्चोकमा सवारी दुर्घटनामा युवतिको मृत्यु वैदेशिक रोजगारीः लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण, तीन दिनभित्र जवाफ दिन निर्देशन खुला सीमाबाट नक्कली औषधि र खोप भित्रिने जोखिम बढ्दो, नियमनमा जनशक्ति अभाव : औषधि व्यवस्था… झापाको मेचीनगरमा आगलागी, १६ लाख बराबरको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषकका आलु गाउँपालिकाले नै किनिदियो



अ+ अ-

स्याङ्जा । आँधीखोला गाउँपालिकाले कृषकले उत्पादन गरेको आलु बारीबाटै खरिद गरिदिएको छ । आँधीखोला–१ भक्किमले, दत्तेलटे र त्रिवेणीका बर्खे आलु बारीबाटै सो गाउँपालिकाले खरिद गरिदिएपछि उनीहरु उत्साहित भएका छन् । त्यहाँका ५४ घरका कृषकले ९० रोपनी बाँझो जमीनमा समूहिक रुपमा आलु लगाएका थिए । गाउँपालिकाले ४२ टन आलु रु ५५ का दरले खरिद गरेको हो ।

तरकारी, फलफूल लगायतका उत्पादित वस्तु लकडाउनका कारण बिक्री नभएर त्यतिकै फाल्नु पर्ने साथै बिचौलियाले कृषकसँग सस्तो मूल्यमा लिएर महँगो मूल्यमा बेच्दै आएको अवस्था रहेको थियो ।

गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले बन्दाबन्दीका समयमा कृषकले उत्पादन गरेको बर्खे आलु गाउँपालिकाले खरिद गरेर बिक्री गर्ने व्यवस्था मिलाएको बताउनुभयो । उहाँले भन्नुभयो, “बन्दाबन्दीको बेला छ किसानले सामूहिक रुपमा लागाएको आलु बिक्री नभएमा कृषक हतोत्साहित हुन सक्ने भएकाले कृषकलाई ऊर्जा थाप्नका लागि गाउँ पालिकाले नै बिक्रीको जिम्मा लिएर बेचिरहेको छ ।” व्यावसायिक कृषक तयार गर्दै कृषिमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यअनुसार गाउँपालिकाले काम गरिरहेको बताउँदै कृषकले उत्पादन गरेको सम्पूर्ण वस्तुको जिम्मा गाउँपालिकाले लिने उहाँले जानकारी दिनुभयो । कृषकको उत्पादन खेर नजाओस् भन्ने उद्देश्यका साथ गाउँपालिकाले आलु सङ्कलन गरी कृषि एम्बुलेन्समार्फत बिक्री गरेको उहाँको भनाइ रहेको छ ।

युवा कृषक चुडामणि पौडेलले भन्नुभयो, “आलु त लगाइयो यो बन्दाबन्दीको समयमा कसरी बिक्री गर्ने भन्ने चिन्ताले सताएको थियो । गाउँपालिकाले हाम्रो बारीबाटै उत्पादित आलु खरिद गरिदिएपछि यतिबेला निकै खुशी लागेको छ ।”

अहिलेको बन्दाबन्दीको अवस्थामा गाउँपालिकाद्वारा उपभोक्ताको घरघरमै सुपथ मूल्यमा आलु पुर्याउन थालेपछि स्थानीय उपभोक्ता उत्साहित भएको गाउँपालिका उपाध्यक्ष शर्मिलादेवी पौडेलले बताउनुभयो । गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक विवेक आचार्यले आलु खेतीका लागि यस ठाउँको माटो, हावा र पानी उपयुक्त भएकाले आलु खेतीबाट राम्रो आम्दामी लिन सकिने बताउनुभयो । उहाँले कृषकका हरेक समस्यामा आफू फिल्डमा नै पुगेर समस्या समाधानका लागि सल्लाह सुझावसमेत दिँदै आएको जानकारी दिनुभयो ।

गाउँपालिकाले किसानहरुलाई कृषि पेशातर्फ आकर्षण गर्नका लागि समयसमयमा मौसमअनुसारका बीउ बिजन, कृषि यन्त्रका साथै प्राविधिक सहयोगसमेत गर्दै आएको जनाएको छ ।

गाउँपालिकाले १ नं वडाका भक्किमले, दत्तेलटे र त्रिवेणीका कृषकले उत्पादन गरेको बर्खे आलु बारीबाटै खरिद गरेको हो ।




भर्खरै