१७ असार २०८३, बुधबार
,
Latest
न्युनतम यात्रु पनि नभएपछि कतिपय विमानस्थलहरु नियमित रुपमा सञ्चालन गर्न सकिएनः पर्यटनमन्त्री पौडेल भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभाग प्रवेश गरेको हो, यसमा अरु नियोजित एवं गलत… कुटनीतिक वार्तामार्फत सीमा विवाद समाधान गर्न सरकार प्रतिवद्ध, सुस्तामा तटबन्ध निर्माणबारे भारतीय पक्षसँग समन्वय हुँदै डिशहोमको तुषाल मल्टिभेन्युसँग हातेमालो, भर्चुअल प्रिभिलेज कार्डमार्फत सुविधा प्रदान गर्ने स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग काभ्रेपलाञ्चोकमा सवारी दुर्घटनामा युवतिको मृत्यु वैदेशिक रोजगारीः लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण, तीन दिनभित्र जवाफ दिन निर्देशन खुला सीमाबाट नक्कली औषधि र खोप भित्रिने जोखिम बढ्दो, नियमनमा जनशक्ति अभाव : औषधि व्यवस्था… झापाको मेचीनगरमा आगलागी, १६ लाख बराबरको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेटिङ गएकी २१ वर्षीया युवतीले अपहरणमा परेको बाहान बनाएपछि…



अ+ अ-

काठमाडौं । अभिभावकलाई छलेर डेटिङमा जानेहरु धेरै हुन्छन् तर भारतकी एक युवतीले भने प्रेमीसंग घण्टौ डेटिङमा रहेको बताउन नसकेर अभिभावकलाई आफू अपहरणमा परेको बाहान बनाएको खबर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

जसका कारण प्रहरी प्रशासन सहित अपराध शाखामा समेत हंगामा भएको थियो । भारतको नागपुरकी २१ बर्षिय एक युवती आफ्नो प्रेमीसँग लामो समय डेटिङमा थिइन् ।

ढिलो घर पुगेपछि परिवारका सदस्यले उनलाई ढिलो आउनुको विषयमा केरकार गर्न थाले । उनले आफू डेटिङमा रहेको बताउन सकिनन् र आत्तिदै कलेजबाट फर्कदा चारजना पुरुषको समुहले अपहरण गरेको र त्यहाँबाट भाग्न सफल भएको बताइन् ।

युवतीका परिवारजनले तत्काल गिट्टीखदान प्रहरी चौकिमा छोरी अपह’रणमा परेको निवेदन दिए । युवती अपहरणमा परेको निवेदन परेपछि प्रहरीले बेलुकी ८ बजेबाट हरेक नाकामा प्रहरीले सक्रियता बढायो । तर अपहरणकारीको कुनै सुराक पत्ता लगाउन सकेन । अब प्रहरीलाई युवतीमाथि नै शंका भयो । तब उनीहरुले कलेजका आसपासमा रहेको सीसीटिभी फुटेज जाँच गरे । जहाँ युवती एक युवकका साथ मोटरसाइकलमा सवार भइ गएको देखियो ।

जब सीसीटिभी फुटेज बाहिरियो तब मात्र युवतीले अपहरणमा परेको कहानी झुटो भएको स्वीकारिन् । प्रहरीका अनुसार उनी कलेजबाट आफ्नो प्रेमीका साथ डेटिङ गएकि थिइन् । डेटिङमा लामो समय बिताएपछि उनका प्रेमीले ती युवतीलाई घरअघि सम्म पुर्याएका थिए । यसरी घण्टौ डेटिङमा रहेको कारण परिवारजनले गाली गर्ने भन्दै त्यसबाट बच्न उनले आफू अपह’रणमा परेको झुटो कहानी सुनाएकी थिइन् ।  




भर्खरै