२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सदनलाई हेप्योः प्रमुख सचेतक पाण्डे



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई हेपेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा विनियोजित शिर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरु उपस्थित नभएसँगै उहाँले सरकारले सदनलाई हेपेको आरोप लगाउनुभएको हो ।

उहाँले कार्यसूचि आउने फेरि हटाउने काम जारी रहेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले सदनमा आन्दोलन भएको लामो समय भएपनि सरकार बेखबर रहेको बताउनु भयो । उहाँले सांसदले नियमावली मान्नुपर्ने तर सरकारले मान्नु नपर्ने ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले यो सदनलाई यत्ति हेपेको छ । यसको बयान गरी साध्य छैन । बारम्बार हामीलाई कार्यसूचि आउँछ । फेरि कार्यसूचि हटाइन्छ । कारण सोध्दा मन्त्रीको उपस्थिति छैन । सदनमा आन्दोलन भएको यत्रो समय भयो । त्यसको जवाफदेही पनि छैन । सम्माननीय प्रधानमन्त्रीज्यु यहाँ उपस्थित हुनुभयो । आजको कार्यसूचिमा पनि मन्त्रीहरु सबै उपस्थित हुनुहुन्न । यो विषयवस्तु संसदले नै हेर्नुपर्ने विषयवस्तु हो । मन्त्रीहरुको उपस्थिति बेगर आज हुने छलफल अघि बढाइनु हुँदैन । यो हाम्रो नियमावलीको ठाडो उल्लंघन हो । नियमावली हामीले पालन गर्नुपर्ने, सरकारले पालन गर्नु नपर्ने । कहाँसम्मको अन्याय हो यो ।’

उहाँले बजेटको कितव नआउँदा खर्च कटौतिको प्रश्ताव दिन नपाएको गुनासो गर्नुभयो ।




भर्खरै