१७ असार २०८३, बुधबार
,
Latest
न्युनतम यात्रु पनि नभएपछि कतिपय विमानस्थलहरु नियमित रुपमा सञ्चालन गर्न सकिएनः पर्यटनमन्त्री पौडेल भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभाग प्रवेश गरेको हो, यसमा अरु नियोजित एवं गलत… कुटनीतिक वार्तामार्फत सीमा विवाद समाधान गर्न सरकार प्रतिवद्ध, सुस्तामा तटबन्ध निर्माणबारे भारतीय पक्षसँग समन्वय हुँदै डिशहोमको तुषाल मल्टिभेन्युसँग हातेमालो, भर्चुअल प्रिभिलेज कार्डमार्फत सुविधा प्रदान गर्ने स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग काभ्रेपलाञ्चोकमा सवारी दुर्घटनामा युवतिको मृत्यु वैदेशिक रोजगारीः लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण, तीन दिनभित्र जवाफ दिन निर्देशन खुला सीमाबाट नक्कली औषधि र खोप भित्रिने जोखिम बढ्दो, नियमनमा जनशक्ति अभाव : औषधि व्यवस्था… झापाको मेचीनगरमा आगलागी, १६ लाख बराबरको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीमा पानीको वहाव बढ्दै, ब्यारेजका २६ ढोका खुुला



फाईल फोटो
अ+ अ-

इनरुवा । तराई तथा पूर्वी पहाडी क्षेत्रमा  वर्षा शुरु भएसँगै सप्तकोशी नदीमा पानीको वहाव बढ्ने क्रम सुरु भएको छ । तीन दिनदेखि लगातार परेको वर्षाका कारण सप्तकोशीमा पानीको वहावमा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आज मध्याह्न १२ :०० बजे गरिएको मापनानुसार कोशी ब्यारेज भएर एक लाख ७६ हजार ५१० क्युसेक प्रतिसेकेन्ड पानीको वहाव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो । अहिले कोशी ब्यारेजका २६ ढोका खुुला गरिएको छ । 

बिहीबार बिहान  कोशी व्यारेज भएर एक लाख सात हजार  क्युसेक प्रतिसेकेन्ड तथा १२ :०० बजे एक लाख १८ हजार क्युसेक प्रतिसेकेन्ड पानीको वहाव  थियो । आज बिहान ९ : ०० बजे गरिएको मापनानुसार भने एक लाख ५९ हजार ९४० क्युसेक प्रतिसेकेन्ड पानीको वहाव रहेको थियो ।  कोशी ब्यारेजका २४ ढोका खुला गरिएको थियो ।  

कोशीमा पानीको वहाव बढ्ने क्रम शुरु भए पनि ब्यारेजमा कुनै खतरा नरहेको सुुनसरीका प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो ।




भर्खरै