२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसङ्घका आवासीय सह–संयोजक अर्डिनेटरबीच भेटघाट साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘म्याग्दी भलिबल कप–२०८२’ हुँदै



फाइल फोटो
अ+ अ-

म्याग्दी। बेनीमा शनिबारदेखि सञ्चालन हुन लागेको रु दुई लाख पुरस्कार राशिको गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता ‘म्याग्दी भलिबल कप–२०८२’ को तयारी पूरा भएको छ ।

प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा जिल्ला खेलकुद विकास समिति म्याग्दीको सहकार्यमा असार ११ गतेसम्म हुने प्रतियोगिता म्याग्दी जिल्ला भलिबल सङ्घले आयोजना गरेको हो । सङ्घका अध्यक्ष तेजेन्द्र बानियाँले प्रतियोगिताको तयारी पूरा भएको बताउनुभयो ।

प्रतियोगितामा आयोजक म्याग्दीसहित मुस्ताङ, बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा, गोर्खा, नवलपुर, लमजुङ र मनाङको सहभागिता हुने अध्यक्ष बानियाँले बताउनुभयो । विजेताले नगद रु दुई लाख, उपविजेताले नगद रु एक लाख तथा तेस्रो हुने टिमले नगद रु ५० हजार तथा चौथो हुने टिमले नगद रु २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष बानियाँले बताउनुभयो ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद रु पाँच–पाँच हजार तथा अन्य विद्यागत उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सेटरले जनही नगद रु तीन–तीन हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

हरेक टिममा १२ खेलाडी, एक प्रशिक्षक र एक व्यवस्थापक (कूल १४ जना) को सहभागिता रहने प्रतियोगिताको सम्पूर्ण व्यवस्थापनको खर्च आयोजकले गर्ने गरी तय भएको म्याग्दी जिल्ला भलिबल सङ्घका महासचिव कुमार किशानले जानकारी दिनुभयो ।