२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महासचिव मोहनविक्रम सिंह, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीच आज भेटवार्ता भएको छ ।

नेताहरूको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था, यथास्थितिवाद, पुनरुत्थानवाद र वामपन्थी आन्दोलनभित्र प्रकट भइरहेका विभिन्न अवसरवादी चरित्रबारे छलफल गरिएको हो ।

पछिल्लो राजनीतिक परिस्थिति र वामपन्थी एकताका विषयमा छलफल भएको थियो । वामपन्थी शक्तिहरूबीच वैचारिक, साङ्गठनिक धु्रवीकरण गर्ने विषयमा समीक्षा गरिएको छलफलमा सहभागी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

आगामी दिनमा शक्ति सन्तुलन, राष्ट्रिय स्वाधीनता, जनताको आर्थिक तथा सामाजिक रुपान्तरणका मुद्दामा साझा समझदारी कायम गर्न एकापसमा सहकार्य गर्ने विषयमा नेताहरूले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त बैठकमा सहभागी नेताहरूले वामपन्थी एकताको विकल्प नभएको ठहर गर्दै समान विचारधाराका दल तथा समूहसँग समन्वय र सहकार्य गर्ने निष्कर्ष निकालिएको छ । रासस