१७ असार २०८३, बुधबार
,
Latest
न्युनतम यात्रु पनि नभएपछि कतिपय विमानस्थलहरु नियमित रुपमा सञ्चालन गर्न सकिएनः पर्यटनमन्त्री पौडेल भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभाग प्रवेश गरेको हो, यसमा अरु नियोजित एवं गलत… कुटनीतिक वार्तामार्फत सीमा विवाद समाधान गर्न सरकार प्रतिवद्ध, सुस्तामा तटबन्ध निर्माणबारे भारतीय पक्षसँग समन्वय हुँदै डिशहोमको तुषाल मल्टिभेन्युसँग हातेमालो, भर्चुअल प्रिभिलेज कार्डमार्फत सुविधा प्रदान गर्ने स्वचालित प्रणाली अनुरुप भाडा समायोजन गर्न माग काभ्रेपलाञ्चोकमा सवारी दुर्घटनामा युवतिको मृत्यु वैदेशिक रोजगारीः लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण, तीन दिनभित्र जवाफ दिन निर्देशन खुला सीमाबाट नक्कली औषधि र खोप भित्रिने जोखिम बढ्दो, नियमनमा जनशक्ति अभाव : औषधि व्यवस्था… झापाको मेचीनगरमा आगलागी, १६ लाख बराबरको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजु सदाको परिवारलाई ५ लाख सहयोग गर्ने सरकारको घोषणा



अ+ अ-

जनकपुरधाम ।  सरकारले धनुषाको हंसपुर नगरपालिकाका  १६ वर्षीय राजु सदाको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । सोमबार जिवनजल समेत नपाएर आइसोलेसनमा ज्यान गुमाएका सदाको परिवारलाई प्रदेश २ सरकारले ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई अन्तरिम राहत स्वरुप ५ लाख दिइने र घटनाको छानबिन गर्न गठित समितिले काम सुरु गरिसकेको जनाउँदै छानबिनमा दोषी देखिने जोकोहीलाई कारबाही गरिने बताएका छन् ।

प्रदेश सरकारले बिहीबार मात्र सदाको मृत्युबारे छानबिन गर्न स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र शाहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो ।

जेठ ३ गते भारतको अहमदावादबाट आएका सदा १७ दिनसम्म क्वारेन्टिनमै बसेपछि उनलाई झाडापखाला लाग्दा टिपरमा बसाएर प्रादेशिक अस्पतालको गेटसम्म ल्याइएको थियो । त्यही उनको स्वाब संकलन गरिएको थियो । तर समयमै रिपोर्ट नआएका कारण उनले झाडापाखालाको समेत राम्रो उपचार नपाउदा मृत्यु भएको थियो ।




भर्खरै