१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली साउन तेस्रो साता भारत भ्रमणमा जाने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी साउन तेस्रो साता भारत भ्रमणमा जाने तय भएको छ । प्रधानमन्त्री बनेको एक वर्ष पुगेपछि मात्रै भारत भ्रमणको मिति जुरेको हो ।

प्रधानमन्त्री ओली सम्भवत: साउन १४ गतेदेखि १९ गतेसम्म भारत भ्रमणमा जाने निश्चित जस्तै भएको परराष्ट्र मन्त्रालयले स्रोतले जनाएको छ ।

गत मंसिर १७ देखि २० गतेसम्म उत्तरी छिमेकी चीनको औपचारिक भ्रमण गरे पनि प्रधानमन्त्री ओलीका लागि भारतीय प्रधानमन्त्री मोदीसँगको ‘असहज’ सम्बन्धका कारण दिल्ली भ्रमणको चाँजोपाँजो मिलाउन कठिन हुँदै आएको थियो । तर अहिले सम्बन्धमा केही सुधार आएसँगै भारत भ्रमण गर्ने तय भएको हो ।

प्रधानमन्त्री ओली भारत जानु अघि स्पेन भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले यही असार १५ गतेदेखि २० गतेसम्म स्पेन जानु हुनेछ । त्यहाँबाट फर्किएपछि भारत भ्रमण जानुहुनेछ ।

गत ३१ असारमा प्रधानमन्त्री भएयता ओलीले भारत भ्रमणमा जान निरन्तर प्रयास गर्दै आउनुभएको छ । तर, भारतीय पक्षले चासो नदेखाउँदा प्रधानमन्त्री ओलीको दिल्ली भ्रमणको साइत जुर्न सकेको थिएन ।

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबिच थाइल्यान्डको बैंककमा २२ चैतमा भेटवार्ता भएको थियो । बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन गएका दुवै प्रधानमन्त्रीबिच एक्लाएक्लै भेट भएको थियो, जहाँ मोदीले ओलीलाई भारत भ्रमणमा आउन भनेको दाबी गरिएको थियो । स्वदेश फर्केलगत्तै ओलीले आफू भारत भ्रमणमा जाने बताउनुभएको थियो ।