१७ असार २०८३, बुधबार
,
Latest
झापामा फरार प्रतिवादी पक्राउ रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सहयाेग निरन्तर रहने अमेरिकी विदेशमन्त्रीकाे भनाइ



अ+ अ-

काठमाडौंः परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र अमेरिकी विदेश मन्त्रीबीच बुधबार अपराह्न टेलिफोन वार्ता भएको छ । त्यस अवसरमा उहाँहरुले कोरोनाभाइरसको महामारी विरुद्धको संघर्षका बारेमा आआफ्ना अनुभव सुनाउनु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार दुबै नेताबीच नेपालको सामाजिक आर्थिक विकास प्रयासलाई मद्दत गर्नेगरी भइरहेका विकास साझेदारीको महत्वका बारेमा छलफल भएको थियो ।

त्यस अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको स्वास्थ्य समेतका विविध क्षेत्रमा भइरहेको अमेरिकी सहयोगप्रति आभार व्यक्त गर्नुभएको थियो ।

अमेरिकी विदेशमन्त्री पोम्पेओले पनि नेपाललाई अमेरिकी सहयोग निरन्तर रहने विश्वास दिलाउनुभएको थियो ।

दुबै पक्षबीच आर्थिक साझेदारीका क्षेत्रमा कोरोनाकालपछि पनि अझ सुदृढ हुनेमा विश्वास व्यक्त गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।