१७ असार २०८३, बुधबार
,
Latest
झापामा फरार प्रतिवादी पक्राउ रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष तिमिल्सिना र नवनियुक्त श्रीलङकन राजदूतबीच शिष्टाचार भेट



अ+ अ-

काठमाडौंः राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली अरुनातिलकाबीच सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बुधवार शिष्टचार भेटवार्ता भएको छ।

भेटमा,  अध्यक्ष तिमिल्सिनाले नवनियुक्त राजदूत अरुनातिलकालाई नेपालका लागि राजदूतमा नियुक्त हुनु भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

नेपाल र श्रीलङ्काबीच लामो समयदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक तथा जनस्तरको सम्बन्ध सुमधुर रहँदै आएको छ भन्दै उहाँले नेपाल र श्रीलङ्का बीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ तुल्याउन दुई देश बीच हुने उच्च स्तरीय भ्रमणले थप सहयोग पुर्‍याउने र यसका कार्यमा यहाँको भूमिका महत्वपूर्ण हुने विश्वास लिएको बताउनुभयाे ।

गौतम बुद्धको जन्मस्थान नेपाल र बौद्ध धर्मालम्बीहरुको बाहुल्यता रहेको श्रीलंकाबीच सिधा हवाई उडानको कार्य सुरुवात भएकोमा खुशी व्यक्त गर्दै उहाँले रुपन्देहीमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल केही महिनाभित्र सम्पन्न हुन लागेकोले अब श्रीलंकाबाट नेपाल भ्रमणमा आउने पर्यटकहरु सिधै गौतम बुद्ध जन्मेको स्थान लुम्बिनी क्षेत्रमा पाइला टेक्न सक्ने बताउनु भयो ।

अध्यक्ष तिमिल्सिनाले श्रीलंकाका धार्मिक पर्टकहरुका लागि हिन्दु र बौद्ध धर्मालम्बीका लागि महत्वपूर्ण रहेको गण्डकी प्रदेशस्थित मुस्ताङ्ग जिल्लामा रहेको मुक्तिनाथ मन्दीर पनि दर्शन गर्ने कार्यमा श्रीलंकेली नागरिकहरुलाई उत्प्रेरित गर्न राजदूताबाट महत्वपूर्ण भुमिका रहने कुरामा विश्वास व्यक्त गर्नु भयो ।

भेटमा अध्यक्ष तिमिल्सिनाले सन् २०१८ मा नेपालमा भएको लगानी सम्मेलनमा श्रीलंका सरकारले गरेको प्रतिवद्धता समेत पूरा हुने कुरामा विश्वास व्यक्त गर्दै बढिभन्दा बढी श्रीलंकेली नागरिकलाई नेपालमा लगानी गर्नका लागि आह्वान  गर्दै यसमा महामहिमको ठूलो भुमिका रहनेछ भन्ने कुरा व्यक्त गर्नु भयो ।

त्यसैगरी राजदूत अरुनातिलकाले भेटका क्रममा नेपाल र श्रीलङकाको सम्बन्ध सरकार, संसद र जनस्तरमा उच्च रहेको बताउनुभयो। दुई देशको सम्बन्धसांस्कृतिक मात्र नभई अध्यात्मिक समेत रहेको र झन बलियो हुँदै गएकोर आर्थिक सम्बन्धलाई पनि अगाडि बढाउन जरुरी रहेको छ बताउनुभयो। उहाँले संयुक्त राष्ट्र संघ, सार्क तथा विमस्टेक जस्ता अन्तराष्ट्रिय फोरमहरुमा दुई देश बीच साझा बिचार तथा सहकार्य हुदै आइरहेको कुरा राख्नुभयो ।दुई देशका संसदबीचको सम्बन्ध र सहकार्यलाई अभिवृद्धि गर्न आवश्यक कार्य अघि बढाउने बताउनुभयो। राजदूत अरुनातिलकालेलुम्बनीका साथै नेपालका प्राकृतिक सुन्दर स्थानहरुको भ्रमण गर्न श्रीलंकाका नागरिकहरुलाई उत्प्रेरित गर्ने कार्यमा लाग्ने कुरा बताउनुभयो ।