१७ असार २०८३, बुधबार
,
Latest
झापामा फरार प्रतिवादी पक्राउ रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची खानेपानी असार मसान्तमा आइपुग्छ : मन्त्री मगर



अ+ अ-

काठमाडौं । खानेपानी तथा सरसफाईमन्त्री बिना मगरले असार मसान्तमा मेलम्चीको पानी सुन्दरीजलसम्म आइपुग्ने बताउनुभएको छ ।  

प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति बैठकमा मन्त्री मगरले भौतिक निर्माणतर्फ १ प्रतिशतमात्रै काम बाँकी रहेको उल्लेख गर्दै असार मसान्तमा सुन्दरीजलमा पानी आइपुग्ने बताउनुभयो । अस्थायी डाइभर्सनका लागि आवश्यक भौतिक पूर्वाधारको काम ९९ प्रतिशत सकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘असारसम्म भौतिक काम सम्पन्न हुन्छ । राष्ट्रियसभा, प्रतिनिधिसभामा प्रतिवद्धता जनाइसकेका छौँ । र नीति तथा कार्यक्रममा पनि यो विषय समेटिएको छ । असार मसान्तमा टेष्टिङ र नयाँ आर्थिक वर्षमा व्यवस्थित ढंगले वितरण प्रकृया अगाडी बढ्छ ।’’

समिति सभापति कल्याणी कुमारी खड्काले सुन्दरीदलसम्म पानी खसाल्नुले मात्रै आयोजना पुरा नहुने भएकाले काठमाडौंबासीको घरघरमा पानी पु¥याउने कुरालाई ध्यानमा राख्न मन्त्रालयलाई निर्देशन दिनुभयो । त्यहाँका स्थानीयबासीहरुको समस्या समाधान गरी निर्वाध रुपमा मेलम्चि सञ्चालन हुने व्यवस्था मिलाउन पनि समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।

सांसदहरुले खानेपानी आयोजनाको कुल लागत, स्थानीयका समस्या समाधान र कहिलेसम्म पानी काठमाडौंमा आइपुग्छ भन्दै प्रश्न गरेका थिए । सांसद बहादुर सिंह लामाले सिएमसी कम्पनीले छोडर गएपछि भएको ४ प्रतिशत कामको लागत कति हो र अब कति लागत लाग्छ भन्दै प्रश्न गर्नुभएको थियो ।

सांसद गणेश पहाडीले सिएमसीले सप्लायर्स र लोकल भेण्डरहरुलाई दिनुपर्ने भूक्तानीका विषयमा के भइरहेको छ भन्दै प्रश्न गर्नुभयो ।

सांसद रंगमती शाहीले अहिलेसम्म जनताले मेलम्चिको पानी किन खान पाएनन भन्दै प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘दशैमा पानी आउँछ भनेर मन्त्री ज्यू जोशिनुहुन्छ । जोश इच्छाशक्ति ठूलै देखिन्छ । पावर पनि ठूलै देखिन्छ तर जनताले पानी खान किन पाएनन् ।’

मेलम्चि आयोजनाका अनुसार अब सुरुङ र पानी प्रशोधन केन्द्रबीचको पाइप जडानको १० प्रतिशत काम बाँकी छ । अनुगमन उपकरण जडानतर्फ आपूर्ति र जडानको काम भइरहेको आयोजनाले जनाएको छ । रक डबेल जडान ग्राउण्डिङ, इन्र्भट कंक्रिट हाइड्रो मेकानिकल गेट जडान सम्पन्न भएको आयोजनाले जनाएको छ ।