१७ असार २०८३, बुधबार
,
Latest
झापामा फरार प्रतिवादी पक्राउ रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व बैंकले दिने सहुलियतऋण सहायताका लागि सम्झौतापत्रमा हस्ताक्षर



अ+ अ-

काठमाडौं । विश्व बैंकले दिने करिब १२ अर्ब रुपैयाँ बराबरको सहुलियतऋण सहायताका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

उर्जा क्षेत्रमा लगानी बढाउन र कार्यकुसलता अभिवृद्धिक लागि विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्था आइडीएले दिने १२ अर्ब रुपैयाँ सहुलियतऋण सहायताका लागि हस्ताक्षर भएको हो । नेपालका तर्फबाट अर्थमन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना र बैंकका देशीय निर्देशक फारिस हाजाडजेर्भोसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

कोरोना संकट विरुद्ध लड्न र विद्युत क्षेत्रका लागि विश्व बैंकले ऋण सहयोग गरेको हो । प्राप्त ऋण सहायताले नेपालमा भरपर्दो र दिगो विद्युतले गरिबी न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ । विश्व बैंकले डेभलभमेन्ट पोलिसी क्रेडिट अन्तरर्गत नेपाललाई सहयोग गर्दै आएको छ ।