१७ असार २०८३, बुधबार
,
Latest
झापामा फरार प्रतिवादी पक्राउ रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा स्थायी कमिटी बैठक : आज अध्यक्षद्वयको सम्बोधन, १२ गते फेरि बस्ने



अ+ अ-

काठमाडौं । एमसिसीको बारेमा ठोस निर्णय गर्न सक्ने भन्दै निकै महत्वका साथ हेरिएको नेकपाको स्थायी समिति बैठकले छलफलको एजेण्डा मात्रै तय गरेको छ ।  

बुधबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको स्थायी समिति बैठकले शुक्रबारको बैठकका लागि ७ बुँदे एजेण्डा तय गरेको हो । बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले ७ वटा कार्यसूची तयर गरेको जानकारी दिनुभएको हो । ७ बुँदे कार्यसूचीमा अध्यक्षद्धयले वर्तमान सन्दभमा बैठकको प्रारम्भमा नै मन्तव्य राख्ने, कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्ने, सिमा समस्या र समाधान, सरकारको कामको समिक्षा, पार्टी कामको समिक्षा र सांगठनिक एकताको पुर्णता, एमसीसीबारे र विविध विषय रहेका छन् । 

विविध विषयमा रुकुमपश्चिममा भएको जातिय विभेदको घटना, नागरिकता विधेयक तथा सांसद र प्रदेशसभा सदस्यको बैठक भत्ता नलिने विषय रहेको प्रवक्ता श्रैष्ठले जानकारी दिनुभयो । बैठकको सुरुमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अवस्था र नेकपाको कार्यभारबारे धारणा राख्नुभएको थियो । त्यसैगरी कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी, सरकार र कम्युनिष्ट आन्दोलन र पुरा गर्नुपर्ने जिम्मेवारीबारे धारणा राख्नुभएको थियो । अर्को बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाईएको छ ।