१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुण्ठेका सामुदायिक विद्यालयका ४३८ विद्यार्थीलाई पोसाक वितरण



अ+ अ-

भोजपुर । रामप्रसाद राई गाउँपालिका–६ बैकुण्ठेका पाँच सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । यहाँका विद्यालयबीच एकरुपता ल्याउने लक्ष्यले वडाले ४३८ विद्यार्थीलाई पोसाक (ट्रयाक सुट), जुत्ता र टिसर्ट वितरण गरेको हो ।

विद्यार्थीको पठनपाठनमा सहजतासँगै वडाका विद्यालयबीच एकरुपता ल्याउने लक्ष्यले यो आर्थिक वर्षमा ४३८ विद्यार्थीलाई पोसाक वितरण गरिएको वडाध्यक्ष एकराज आचार्यले बताउनुभयो । पोसाकका कारण विद्यार्थी विद्यालयमा उपस्थित नहुने वातावरण अन्त्यका लागि वडाले आवश्यक बजेट विनियोजन गरेर पोसाक वितरण गरेको उहाँको भनाइ छ ।

“हामीसँग वडास्तरमा आएको बजेट थोरै नै हुन्छ”, वडाध्यक्ष आचार्यले भन्नुभयो, “शिक्षित समाजको पहिलो आधार नै शिक्षा हो, शिक्षालाई सुधार गर्न सकेमात्र समुन्नत समाज बन्न सक्छ, विद्यार्थीलाई पोसाकको कारण असहज नहोस् भन्नका लागि यहाँका सबै विद्यालयमा पोसाक वितरणको कार्यक्रम सञ्चालन गरेका हौँ ।”

वडाले शैक्षिक सुधारको अन्त्यका लागि विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ । वडाले विद्यालयको भौतिक पूर्वाधारको विकासका लागिसमेत लागि आवश्यक सहयोग गरिरहेको वडाध्यक्ष आचार्यको भनाइ छ । रासस