१७ असार २०८३, बुधबार
,
Latest
झापामा फरार प्रतिवादी पक्राउ रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

होटलमा चिकित्सक राखेकामा स्थानीयवासीको विरोध



अ+ अ-

कास्की । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सक र  नर्सलाई  आफू र वडासँग समन्वय नगरी होटलमा राखेकामा स्थानीयवासीले विरोध गरेका छन् ।  स्थानीयवासीका अनुसार पोखरा– ६, बैदामस्थित तुलिप पोखरा इनमा चिकित्सक र नर्स चार दिनदेखि बस्दै आएका छन् ।

सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष मीना भट्टराईले कोभिड–१९ का सङ्क्रमितसँग प्रत्यक्ष काम गरिरहेका चिकित्सक सुरक्षित स्थानमा रहनुपर्नेमा अव्यवस्थित पार्किङ र  मापदण्ड पूरा नभएको होटलमा बस्दा जोखिम हुन सक्ने भएकाले यस विषयमा आवाज उठाएको बताउनुभयो । 

“हामीले विरोधभन्दा पनि जोखिमलाई ध्यान दिएर आवाज उठाएका हौँ, यस होटल वरपर रहेका ५२ घर मजदूर छन् उनीहरुका बच्चाहरु खुलमखुला हिँड्छन्, व्यवस्थित पार्किङ छैन, चिकित्सक बोकेको गाडी घण्टौँ होटल अगाडि हुन्छ । अग्रमोर्चामा रहेका चिकित्सक र नर्सलाई तोकिएको मापदण्ड पूरा गरिएको होटलमा राख्नुपर्ने हाम्रो माग हो”, उहाँले भन्नुभयो । 

उक्त होटलका सञ्चालक विष्णु आचार्यले अस्पतालको आधिकारिक पत्रसहित काममा रहेका चिकित्सक र नर्स होटलमा बसेको जानकारी दिनुभयो । “उहाँहरु कामबाट आउनुहुन्छ, सुरक्षा अपनाएर कोठामा जानुहुन्छ, सामाजिक दूरी कायम गरेर होटलको सेवा प्रवाह भएको छ, टोलमा जोखिम हुने गरी कुनै पनि कार्य भएको छैन ।”  

चिकित्सक संघ गण्डकीका अध्यक्ष डा निर्मल लामिछानेले सरकारले अस्पतालमा कार्यरत चिकित्सकका लागि गरेको प्रबन्धमा स्थानीयवासीले विरोध गर्नु जायज नभएको बताउनुभयो । “अहिले चिकित्सक नर्सलगायतका स्वास्थ्यकर्मी कोभिड–१९ को अग्रमोर्चामा खटिएर काम गरिरहनुभएको छ, यो बेला उहाँहरुको आत्मबल बढाउन जरुरी छ । दिनभरको कामको तनावले आराम गर्न होटल पुगेका चिकित्सकप्रति अनावश्यक शंकाउपशंका गरेर विरोध गर्नु जायज छैन, उनीहरु बाटोमा हिँड्दैमा कोरोना सर्छ भनेर बुझ्नु नै चेतनास्तर कम हुनु हो, चिकित्सक नर्स आफैँ पनि यस विषयमा सतर्क छन् ।”